टप फिचर

जिज्ञासा – कविता

By Thaha - Online

October 25, 2020

कविता राज कुमार कार्की ” जिज्ञासा” रोइ रोइ हैन है हासेर पाँच बर्ष देश नै चलाउ। चुच्चे नक्सा फालि सबको दिल नै फेरि नजलाउ।। के के कुरा भयो फेरि तिम्रो सामान्तहरुको भेटमा। अलिकति पनि हरि छैन रैछ है तिम्रो नै पेटमा।। ताली बजाइ सबले फेरि किन भत्ता नै पचाएउ। नाटक गरि एकपटक फेरि तिमीले सत्ता बचाएउ।। हेर्दैछन सबले जैले दलहरुको आन्तरिक लडाइँ । गर्नेछन् जनताहरुले अब त दलहरु माथि कडाइ ।। झुट्टो राष्ट्रवाद रहेछ तिम्रो है बसेउ खोल नै ओढेर। सामान्त सँग के कुरा गरेउ जमिन फिर्ता लिन नै छोडेर।। सरिता गिरी बोलिरहिन है नगद नारायण नोटले। तिमीहरू सब मात्तिएउ जनताको नै पाएर बहुमतले ।। तिम्रो सत्ता ढल्नेछ कुन दिन हो ती देव नै रिसाएर । बहुमत तिम्रो आयो अर्को दल सँग नै त मिसाएर।। एक दिन फेरि टुट्ने छ है त्यो जोडिएको हाँडी। रसातलमा पुग्नेछ यो दुई पाइलटको जेट गाडी ।। हेरिरहेका छन् जनताहरु तिम्रो सबै घोषणा पत्र। सुधार गरि नगए पार्नेछन जनताले फेरि अलपत्र ।। समय केहि बाँकी छ सक्छौ भने फेरि सुधार नै गर । जनताको न्यायालयमा महाभियोग लगाउने नगर तरखर।। कन्यादान गरेको हैन जनताले मतदान हो भनि जान। म्यादी मतदान मात्र गरेको हो जनताले मान नमान ।। भाइरस नै पसेको हुनसक्छ तिमो त्यो जेट इन्जिन गाडीमा । एन्टि भाइरस लगाउ बन्द नै हुनसक्छ चलाउने नाडीमा।। जिज्ञासा हो यो कवितामा जनताको नगर्नु झगडा लडाइँ । पचाउन गार्‍हो हुन्छ होला बिरेचनको कमिले नगर्नु कडाइ ।। जिज्ञासा राखेर कवितामा हजुर बिदा नै भए ऐले। रिस राग नराख्नु मनमा तलाई लाखे र पखे भनि जैले ।। धन्यवाद ।