कैलालीको कान्द्रा नदीमा डुबेर दुई बालिकाको मृत्यु



कात्तीक९,कैलाली। कान्द्रा नदीमा डुबेर दुई वालिकाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ सरैयाकी ११ वर्षिया अस्मिता ढुंगेल र ९ वर्षिया अर्चना बिष्टको ज्यान गएको हो । घरबाट गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्