आफ्ना कार्यकर्ताको हत्यामा संलग्न आफ्नै कार्यकर्तालाई कारवाही गर्न दाहालको माग



काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पर्सामा मारिएका आफ्ना कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु । हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्धा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ ।

म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।

गत ६ कार्तिक २०७७ का दिन पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा केही अवाञ्छित तत्वहरुको आक्रमणमा परी पार्टी जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएको थियो । चौरसियाको हत्या सोही पार्टीका कार्यकर्ताले नै गरेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ ।

यस विषयमा आज मात्रै सोही पार्टीका नेता मातृका यादवले पार्टी अध्यक्ष केपी ओलीलाई आरोप लगाएका छन् । यादवले चौरसियाको हत्यारालाई ओलीले नै लुकाएको यादवको आरोप रहेको छ । यी घटनाक्रमले गर्दा उनको हत्या सोही पार्टीका मान्छेले गरेको अनुमान गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्