सुस्तामा एक पुजारीको हत्या



रबिन्द्र यादव
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही ( उचम टाडी ) गाउँ स्थित रहेको हनुमान मन्दिरका पुजारीको अाइतबार दुई बजे धारिलो हथियारले हत्या गरिएको छ । पुजारी सोही गाउँ बस्ने बर्ष ७५ का महगु केवट रहेका हुन ।

पुजारीको घरेलु हतियार हसियाले हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । मन्दिर देखि लगभग दुई किलोमिटर पश्चिम दिशामा रहेको एकान्त खाली ठाउमा हत्या गरिएको हो । एक स्थानीयले टयाक्टर लिई खेत जोत्न गएको बेला पुजारीको हत्याको खबर स्थानीय प्रहरीलाई गरेका हुन ।

अहिले पुजारीको के कारण हत्या भएको र हत्याराको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्