पोखरा । स्याङ्जाको वालिङ नगरपालिका–१२ का डोलराज पराजुलीले यसवर्ष पहिलोपटक घर बाहिर दशैँको टीका लगाउनु पर्यो । विश्वव्यापी कोरोना महामारीका कारण पराजुली जन्मघरमा जान नपाएका हुन् ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकृत पराजुलीले भने, “विगतका दशैंमा गाउँघरमै पुगेर टीका लगाउने गरेको थिएँ, यो वर्ष कोरोना सङ्मण बढ्दै गएकोले आवतजावतमा समेत समस्या हुने र सरकारले समेत जो जहाँ बसेको छ त्यही ठाउँमा चाडबाड मनाउन भनेकोले कर्मथलो पोखरामै दशैं मनाइयो ।” कोरोना भाइरसको जोखिमका कारण धेरैको यसपालिको दशैँ आफ्नो घरमा सीमित बन्न पुग्यो ।
रोजगारी र व्यावसायका क्रममा विदेशमा रहेकाहरुले उतैबाट दशैँ मनाए भने स्वदेशका शक्तिपीठहरुमा भीडभाड र बलि दिने कार्यक्रम भएनन् । वालिङ नगरपालिका १२ मा रहेको लोकप्रिय अकलादेवीको मन्दिरमा दर्शनमा रोक लगाइएपनि यहाँ भारत गोरखपुरबाट समेत आउने दर्शनार्थी यसपल्ट देखिएनन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भवीराज गुरुङले स्वास्थ्य जोखिमका कारण भीडभाडमा रोक लगाइएको बताए ।
मन्दिरका पुजारी गम्मरसिङ गुरुङले सो मन्दिरमा भक्तजनले भाकल गर्ने र मनोकांक्षा पूरा भएपनि बलि र भेटी लिएर आउने गरेको बताए । सो मन्दिरमा बाख्राको पाठी र कुखुराको पोथीको मात्रै बलि चढाइन्छ । शाकाहारीले भने दूध चढाउने गर्दछन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले आलमदेवी मन्दिरमा पनि कोरोना जोखिम भएकाले पूजापाठमा पनि रोक लगाइएको जनाए ।
सो मन्दिरमा बाख्राको पाठी र कुखुराको पोथीको मात्रै बलि चढाइन्छ । शाकाहारीले भने दूध चढाउने गर्दछन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले आलमदेवी मन्दिरमा पनि कोरोना जोखिम भएकाले पूजापाठमा पनि रोक लगाइएको जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।