पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण



काठमाडौं – विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ३७ लाख ६२ हजार ८८२ पुगेको छ । त्यसमध्ये ७८ हजार ८७७ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६० हजार १७६ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २१ लाख नाघेको छ ।

यस्तै एकै दिन थप ५ हजार ६५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ६४ हजार १९१ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्