नासाका वैज्ञानिक भन्छन्, ‘चन्द्रमामा पानी छ’



न्युयोर्क । चन्द्रमामा पानीको अभाव छ भन्ने वाक्यांश पृथ्वीका लागि एक ‘हलमार्क’ जस्तै बनेको छ । तर नासाका वैज्ञानिकहरुले सोमबार मात्र चन्द्रमामा यसअघि बताइए भन्दा कैयौं गुणा बढी पानी फैलिएको पाइएको बताएका छन् ।

नासाले चन्द्रमामा विभिन्न खनिज पदार्थहरुमा पानी रहेको र अधिकांश पानी बरफका रुपमा जमेर रहेको बताएको छ । ११ वर्षदेखिको खोजमा लागेका नासाका वैज्ञानिकहरुले चन्द्रमामा व्यापक रुपमा बरफ फैलिएको बताएका छन् ।

वैज्ञानिकहरुको अर्को टोलीले करिब ४० हजार वर्ग किलोमिटरको क्षेत्रफलमा बरफको टुक्राका रुपमा पानी फैलिएको बताएको समाचार अलजजिराले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्