मोटोपन भएकालाई कोरोनाको जोखिम



काठमाडौं । महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणबारे नयाँ नयाँ खुलासाहरु हुँदैछन् । उच्च मोटोपन भएका मान्छेहरु कोरोना संक्रमणको जटिलतामा जाने र मृत्यु हुने सम्भावना धेरै भएको बताइएको छ । जसले मधुमेह र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरू बताउँछन् ।

मोटोपनका कारण कोभिड–१९ सुधार हुने सम्भावना कम हुने चिकित्सकहरूको बुझाइ छ । बेलायत सरकारले शरद ऋतुमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु हुने आँकलन गर्दै देशभर मोटोपना घटाउने अभियान नै सञ्चालन गर्ने तयारी गरिरहेको छ । यसबाट टाइप २ मधुमेहजस्ता रोग नियन्त्रण गर्न सहयोग पुग्ने अधिकारीहरूको विश्वास छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफू कोरोना भाइरसबाट संक्रमित भएपछि सघन उपचार आवश्यक पर्नुको कारण मोटोपना भएको जनाएका थिए । त्यसैले पनि प्रधानमन्त्रीको कार्यालयले ‘मोटोपन विरुद्धको लडाइँ’ नामकरण गरिएको अभियानमा प्रधानमन्त्री आफैंले रुचि देखाएको ठानिएको छ ।

अहिले प्रधानमन्त्री जोन्सन मानिसलाई साइकल चलाएर मोटोपना घटाउन उत्प्रेरित गरिरहेका छन् । बेलायतमा टिभीमा आउने फास्ट फुडका विज्ञापनहरुमाथी राति ९ बजेसम्म प्रतिबन्ध लगाउनेसहितको तयारी भइरहेको बताइएको छ ।

यो समयमा बच्चाले विज्ञापन देख्न सक्ने भएको हुँदा उनीहरुलाई यसबाट टाढा गर्नका लागि यो उपाय लगाउने तयारी हुँदैछ । अर्को पसल तथा मलहरुमा फास्ट फुडसँग सम्बन्धित कुराहरु विशेष महत्व दिएर नराख्न भनिएको छ ।

होडिङ बोर्डहरुमा पनि मोटोपनलाई बल पुर्याउने कुराहरुको विज्ञापन गर्न नपाउने कानुन ल्याउन लागेको बताइन्छ । तपाईंलाई आश्चर्य नलाग्ला कि अहिले कोरोनाबाट मृत्यु हुने दर धेरै भएको देशमा मोटोपनको दर पनि धेरै रहेको छ । सामान्य रुपमा हेर्दा युरोप, अमेरिकाका मान्छेहरु अन्यको तुलनामा धेरै मोटा हुन्छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्