सैघाली खबर
रोल्पा,१५ पुस
पश्चिम रोल्पाको सुकिदको गाउँ कार्यपालिका बैठक बसिरहेको अबस्थामा गाउँपालिका अध्यक्ष वीर बहादुर खत्री र उपाध्यक्ष रीता घर्ती सहित गाउँ कार्यलालिका सदस्यलाई स्थानीय हरि पुनको नेतृत्वको टोलीले हिजो गाउँपालिको कार्यलयमा ताला लगाएका छन ।
गत मंसिर २७ र २९ गतेको गाउँसभाले गरेको निर्णयका बिरुद्धमा आन्दोलित भएका उनीहरुले हिजो अध्यक्ष र उपाध्यक्ष सहितको गाउँ कार्यपालिका बैठकमै ताला लगाई दिएको गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले बताउनुभयो ।
सुकिदहको दोस्रो गाउँसभाले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो, सोहि निर्णयका बिरुद्धमा स्थानीयहरु केहिदिन यता देखि आन्दोलित छन । स्थानीय बसिन्दाको माग र भाबना अनुसार नै गाउँपालिकाको नाम र केन्द्र परिबर्तन गरिएको भएपनि केहि संचार माध्याम र सिमित ब्यक्तिको बहकाउका कारण आन्दोलन गरिरहेको गाउँपालिका अध्यक्ष खत्री बताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।