लागु औषध सहित मानिस ई.प्र.का. कृष्णनगरको नियन्त्रणमा



कृष्णनगर, कार्तिक ११
आज दिउसो अन्दाजी साढ़े चार बजेको समयमा जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं.२ लिङकगेट स्थितमा अस्थायी प्रहरी पोष्ट लिङकगेट कपिलबस्तु बाट खटिएको डिउटी टोलिले संकास्पद अबस्थामा पैदल हिडि भारत बाट नेपाल तर्फ आईरहेका सोधपुछको क्रममा नाम जिल्ला दाङ घोराही उप-महानगर पालिका वडा नं. १६ पुरानो बसपार्क वस्ने वर्ष १८ को मनोज चौधरीको साथ बाट जम्मा १४ पत्तामा १५३ ट्याब्लेट, खुल्ला अबस्थामा ४४ ट्याब्लेट गरी जम्मा १९७ ट्याब्लेट र केही ट्याब्लेट फुटेको स साना टुक्रा परेको TRAMOL-50 लेखेको २ पत्ता २० क्याप्सुल, LOPEZ ५ एम्पुल, Phenergan ५ एम्पुल र TRAMADEX ५ एम्पुल लागू औषध फेला परेकोले आवस्यक कार्यवाही का लागी इलाका प्रहरी कार्यालय कृष्णनगर ले नियन्त्रणमा लिएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्