सैघाली खबर
काठमाडौं,१५ पुस
एभरष्ट प्रिमियर लिग इपीएलको दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्स भिड्दैछन् ।
कीर्तिपुर स्थित टीयू मैदानमा हुने फाइनलको विजेताले नगद २१ लाख र ट्रफी हात पार्नेछन् । विराटनगर प्रतियोगितामा अपराजित रहदै फाइनल पुगेको हो । लिग चरणमा पाँच खेल जित्दै शीर्ष स्थानमा रहेको विराटनगरले पहिलो क्वालिफायरमा भैरहवालाई नै पराजित गरेको थियो ।
लिगमा विराटनगरसँग मात्र हारेको भैरहवा पहिलो क्वालिफायर्मा पनि विराटनगरसँग हारेको हो । तर अर्को मौका ललितपुरलाई हराएपछि भैरहवाले तेस्रो पटक विराटनगरसँग भेट पक्का गर्दै उपाधि भिडन्त तय गरेको हो । फाइनलअघि दुवै टीमका कप्तानले खेलका लागि तयार रहेको र यसअघिका नतिजाले असर नगर्ने बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।