देउखुरीमा भैंसीले हान्दा महिलाको मृत्यु



ओमप्रकाश गुप्ता, गढवा १२ कार्तिक । दाङको देउखुरीमा भैंसीले हान्दा एकमहिलाको मृत्यु भएको छ । भैंसी चराएर घर फर्किने क्रममा गढवा गाउँपालिका ७ मानपुरमा आफ्नै भैंसीले हान्दा गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षिय राधा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्