दलित एकता संजाल अन्तरास्ट्रिय सचिब गोपाल सिवाको कोरोना संक्रमणबाट मृत्यु



थाहा अनलाइन काठमाडौं, दलित एकता संजाल नेपाल , अन्तरास्ट्रिय समन्वय समितिका सचिब गोपाल सिवाको
कोरोना संक्रमणका कारण गत सोमबार बेलुका ११ बजे निधन भएको छ ।
उहाँको पारिवारिक स्रोतका अनुसार उहाँको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको हो ।             केही दिन पहिला उहाँकी घर्मपत्नी र उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
आफू र आफ्नो धर्मपत्नी कोरोना संक्रमित भएको सिवाले आफ्नो फेसबुकमा जानकारी गराउदै पछिल्लो समय आफुहरु संग नजिक रहेकाहरुलाइ साबधानी अपनाउन समेत अनुरोध गरेका थिए ।
सिवा लामो समय देखि संचार क्षेत्रमा कृयाशिल रहदै
हाम्रो संचार डट्कमको स्थापना कालदेखि नै प्रमुख भुमिकामा रहदै अनवरत योगदान गर्दै आएका थिए भने दलित हक , अधिकारको लागि शसक्त कलम चलाउने ब्यक्ती हुन ।
दलित एकता संजालमा प्रवासमा रहदा देखि आबद्ध रहेर दलित समुदायको हक , हित र जातीय बिभेदको विरुद्ध संजालमा आबद्द रहेका सिवाको निधनले दलित समुदायमा एउटा दरिलो खम्बा ढलेको छ ।
संजाल परिवारमा सिवाको मृत्युले संजाल परिवारले आफ्नो सदस्य गुमाउनुको साथै संजालमा ठूलो क्षति र आबस्यकताको महसुस गरेका छौँ ।
सिवाको निधनको खबरले
उहाँको निधन प्रति दलित एकता संजाल नेपाल , अन्तरास्ट्रिय समन्वय परिवार गहिरो दुख व्यक्त गर्दछ ।
यस दुखद घडीमा उहाँको परिवामा धैर्यधारण गर्ने शक्ति मिलोस् भनि कामना गर्दछौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्