टप फिचर

सञ्चारकर्मी रवी लामिछाने र उनकी पत्नी निकितालाई कोरोना संक्रमण

By Thaha - Online

October 29, 2020

काठमाडौँ- सञ्चारकर्मी रवी लामिछाने र उनकी पत्नी निकितालाई कोरोना संक्रमण भएको छ।

लामिछानेले आज बिहान सामाजिक सञ्जालमार्फत आफू र पत्नी निकिता दुबैलाई संक्रमण भएको जानकारी दिएका छन् । उनले केही पेशागत क्रियाकलाप र केही आफ्नै लापरबाहीले आफूलाई संक्रमण भएको हुन सक्ने बताएका छन्।

‘मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसी गर्दा म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ,’ ट्वीटमा उनले भनेका छन्न्, ‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ। घरमा हामी दुई मात्र छौँ, धेरै समस्या छैन तर घरमा बृद्ध अवस्थाका सदस्यहरु हुनेले लापरबाही नगरौँ।’