राष्ट्रियता संकटमा पर्नु ओलीको मात्र दोष होइनः न्यौपाने



सत्तारुढ नेकपाका नेता आरसी न्यौपानेले मुलधारका सम्पूर्ण राजनीतिक दलहरु नै एकतावद्ध नभई राष्ट्रिय स्वाधिनताको रक्षा गर्न नसकिने बताएका छन् । सामाजिक सञ्जालमा वर्तमान राजनीतिप्रति असन्तुष्टि पोख्दै न्यापानेले नेपालमा देश विदेशी हस्तक्षेप बढ्नु केपी ओलीको मात्र दोष नभएको बताएका छन् ।

उनले नेपालमा भएका विभिन्न राजनीतिक संघर्षको अन्त्य हुनुमा भारतीय शाषक वर्गको कुनै न कुनै हात रहेको स्वीकार गरेका छन् । उनले नेपालको राजनीतिक परिवर्तनमा भारतीय जाशुसी संस्थाको पनि मुख्य हात रहेको उनको भनाई रहेको छ । नेता न्यौपाने सत्तारुढ नेकपामा दाहाल पक्षीय नेताकारुपमा चिनिन्छन् ।

उनी हाल रहेका गृहमन्त्री थापासँगै वैद्य माओवादीबाट दाहाल नेतृत्वको माओवादीमा फर्किएका हुन् ।

“नेपालको हरेक राजनीतिक परिवर्तनमा भारतको निर्णायक हस्तक्षेप तथा चासो र सरोकार रहँदै आएको कुरा घाम झैं छर्लङ्ग छ । चाहे त्यो २००७ सालको परिवर्तन त्रिपक्षीय दिल्ली सम्झौता । २०१७ को परिवर्तन उत्तरबाट माओको साथ दक्षिणबाट नेहरुको साथ । २०४६ को प्रजातन्त्र पुनःस्र्थापना संयुक्त जनआन्दोलनमा भारतीय शासक वर्गको प्रत्यक्ष साथ सहयोग र हस्तक्षेप । १० वर्षको जनयुद्ध माओदी र ७ दलबीचको २०६२ मंसिर ७ को १२ बुंदे दिल्ली सम्झौता । यसरी नेपालका सबै राजनीतिक परिवर्तनमा भारतीय सत्ता, शासक वर्ग त्यसका गुप्तचर संयन्त्र रअको प्रत्यक्ष संलग्नता हुँदै निर्णायक भूमिका हुँदै आयो । यसमा नेपालका हाम्रा राजनीतिक दल तथा नेतृत्व चुक्न पुगेको वियोगान्त दृष्टान्त छँदैछ । नेपालको हरेक परिवर्तनमा भारतले आफ्नो रणनीतिक स्वार्थ पूर्ति गर्ने दाउपेचका साथ सहयोग गरेको परिघटनाबाट हामी अनविज्ञ छैनौं । भातीय हस्तक्षेप र प्रभावबाट नेपालको राष्ट्रियता कमजोर मात्र भएन विभिन्न आवरणमा अस्थिरताको विजारोपण भएकै छ । हरेक परिवर्तमा भारतीय शासक वर्गको र उसको जाशुसी संयन्त्र रअ को भर पर्नु पर्ने नियोजित षडयन्त्रका अगाडि हाम्रा दल, नेतृत्व तथा सरकार लम्पसार परेर असमान सन्धि सम्झौता गर्दै उसैको इसारामा चल्नु पर्ने बाध्यता नेपालको हितमा छैन । राष्ट्रिय स्वाभिमान र आत्म स्वाभिमान गुमाउनु पर्दाको परिणाम भातीय मात्र होइन यूरो अमेरिकन चलखेल हस्तक्षेप साँस्कृतिक साम्राज्यवाद नेपालको नियति बनेर आमने सामने छ । विगत देखिनै यस्तो विषम परिस्थितिबाट गुज्रिरहेको नेपालको राजनीतिमा राष्ट्रिय स्वार्थका साथ क्रमभङ्ग गर्ने सहास गर्ने राजनीतिक प्रक्रिया आरम्भ नहुँदासम्म इण्डो (पश्चिमा र भारतीय) हस्तक्षेप र प्रभाव प्रभुत्व लाद्ने काम भइनै रहन्छ । यसमा प्रधानमन्त्री केपी ओली मात्रै दोषी नभएर मूलधारका सबै राजनीतक दल नेतृत्व, सरकार जिम्मेवार छन् । अब इतिहासको गहिरो समिक्षाका साथ कमजोरीबाट पाठ सिकेर नयाँ आधारमा राष्ट्रिय राजनीति, राष्ट्रिय एकता शक्ति सन्तुलनको मानक निर्माणमा एकता सङ्घर्ष र रुपान्तरणको दिशा पक्डिन सक्नु पर्छ ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्