रुसमा १७ हजार कोरोना संक्रमित थपिए



मस्को । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना सङ्क्रमित भएका थिए । रुसमा बिहीबारसम्म कुल सङ्क्रमितको संख्या १५ लाख ८१ हजार ६९३ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि गत अक्टोबर २६ का दिन १७ हजार ३४७ जना सङ्क्रमित भएका थिए ।

अधिकारीहरुले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकाको संख्या भने ३६६ रहेको जनाएका छन् । अघिल्लो दिन भने ३४६ जनाको मृत्यु भएको थियो । रुसमा अहिलेसम्म कोरोनाका कारण २७ हजार ३०१ जनाको मृत्यु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्