विप्लव नेकपाका जिल्ला सदस्य पक्राउ



महेन्द्रनगर । विद्रोही नेकपाको कञ्चनपुर जिल्ला पार्टीको कार्यालय सचिव शङ्करसिंह महरालाई प्रहरीले आज पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–१८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

बैतडी कटौजपानी गाँउपालिका २ सिल्लेगढा घरभै महरा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोबरैया बस्दै आएका महरालाई जबर्जस्ती चन्दा र विभिन्न घटनामा सम्लग्न रहेको आरोप छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्