ट्रम्पको असफलता उनको विदाईसँगै अन्त्य हुन्छ



काठमाडौं । अमेरिकी राष्ट्रपतिका डेमोक्रेट उमेदवार जो बाइडेन आफू राष्ट्रपतिमा निर्वाचित भएमा भविष्यमा चिनियाँ सामग्रीमा लगाइने करका विषयमा मुख्य सहयोगी राष्ट्रहरुसँग परामर्श गर्ने बताएका छन् । उनका वरिष्ठ सल्लाहकारहरुले यस्तो कुरा बाहिर ल्याएका हुन् ।

चीनविरुद्ध आफूलाई बलियोरुपमा स्थापित गर्न ‘सामुहिक लाभ’ का बारेमा मुख्य सहयोगी राष्ट्रहरुसँग परामर्श गर्ने सल्लाहरकारले बताएका हुन् । राष्ट्रपति निर्वाचनको ५ दिनअघि रोयटर्ससँगको एक अन्तर्वार्तामा बाइडेनका दुई सहयोगीहरुले राष्ट्रपति ट्रम्पले गरेको गल्तीलाई नदोहोर्याउने बताएका छन् ।

उनीहरुले राष्ट्रपति ट्रम्पको ‘अमेरिका पहिलो’ एजेन्डा अन्तर्गत युरोपियन र क्यानाडाली सामग्रीमासमेत कर बढाएको विषयमा आपत्ति जनाउँदै अमेरिकी पार्टनरहरुसँगको ट्यारिफको विषयमा छलफल हुने बताएका हुन् । ‘ट्रम्प प्रशासनको असफलता ट्रम्पसँगै बिदा हुनेछ ।’

ओबामा प्रशासनका पूर्व वरिष्ठ विदेश नीति, जेफ्री प्रेसकोटले भने, ‘ट्रम्पको असफलताले चीनलाई सजिलो बनाएको छ ।’ डेमोक्रेटिक उमेदवार बाइडेन निर्वाचित भएमा ट्रम्पले विश्वको दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धको लागि प्रयोग गरेको चीनबाट बृहत कर उठाउने रणनीति बाइडेनले अघि पनि बढाउँछन् भन्ने प्रश्नको जवाफ अस्वीकार गरेका छन् ।

प्रेसकोटले भने, ‘हामीले कुनै पनि अपरिपक्व कुरालाई अन्तिम निर्णय मान्दैनौं । किनकि हामी आफैंले के पाउँछौं भनेर ठ्याक्कै थाहा पाउँदैनौं । तर मित्रराष्ट्रहरूसँग परामर्श गर्नु यसको हिस्सा हुनेछ ।’

तीव्र व्यापार युद्ध नै वाशिङ्टन र बेइजिङबीचको तनावको मुख्य मुद्धा हो । जसले दुई मुलुकबीचको दशकौंदेखिको सम्बन्धमा दरार पैदा गरेको छ । जसमा कोरोना भाइरसको महामारी, हङ्कङ्मा जारी गरेको नयाँ सुरक्षा कानुन, बौद्धिक सम्पत्तिको चोरी, मानवअधिकारको उल्लंघन, ताइवान र साउथ चाइन सीको विवादलगातका कुराहरुले दुई मुलुकबीचको सम्बन्धमा थप तनाव सिर्जना गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्