कृष्णबहादुर महरा पत्नि सीता गम्भीर विरामी, उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगियो !



कात्तिक १४, दाङ। पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महरा एकाएक गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ ।
एभरेष्ट एरलान्सको हेलिकोप्टर मार्फत घोराहीवाट महरा पत्नि ५९ बर्षीया महरालाई शुक्रवार विहान ९ बजेतिर उपचारका लागि काठमाडौं लगिएको हो । सीता महरालाई गम्भीर प्रकृतिको निमोनिया भएको र त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि हेलिकोप्टर मार्फट काठमाडौं लैजानु परेको जानकारी दिइएको छ । महराले श्रिमती बिरामी भएको बताए ।
महरा गत निर्वाचनमा दाङको क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । उनी दाङमा आउँदा छोराको घरमा बस्दै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्