“बाल वेदना” कविता



कविता/वालोरी
राज कुमार कार्की
“बाल वेदना”
हामी साना बालक छैन कापी कलम।
बिद्यालय बन्द छ गुरुलाई सलाम ।।
बिद्यालय हाम्रो त खोल्ने होला कहिले।
कापी कलम समेत बोकी आउ अहिले ।।

कोरोनाको कहर गारो भयो अहिले ।
छैन कापि कलम हात खाली जहिले ।
पढ्ने लेख्ने समय सबै भयो बेकार ।
अहिले नै भएउ गुरु हामी सिकार ।।

एक साल त्यसै पो बित्ने भयो घरमा ।
सबै तिर किन हो बन्द भयो डरमा।।
लेख पढ बन्द भो बस्छौ हामी घरमा ।
बिद्यालय खुले छि आउने छौ डरमा।।

साना साना छौ हामी खेल्नलाई का जानी।
घर भित्र बसेको धेरै भयो के खानी ।।
बन्द भयो बेपार बाबा आमा घरमा ।
होला अब के गर्ने कोरोनाको डरमा ।।

गयो सब हाम्रो त यो सालको पढाइ ।
बडा दसैँ तिहार छैन हर्ष बढाइ ।।
सन्सारमा हुँदै छ रोग सँग लडाइँ।
सरकार के गर्छ खान छैन मलाई।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्