टप फिचर

“बाल वेदना” कविता

By Thaha - Online

October 30, 2020

कविता/वालोरी राज कुमार कार्की “बाल वेदना” हामी साना बालक छैन कापी कलम। बिद्यालय बन्द छ गुरुलाई सलाम ।। बिद्यालय हाम्रो त खोल्ने होला कहिले। कापी कलम समेत बोकी आउ अहिले ।।

कोरोनाको कहर गारो भयो अहिले । छैन कापि कलम हात खाली जहिले । पढ्ने लेख्ने समय सबै भयो बेकार । अहिले नै भएउ गुरु हामी सिकार ।।

एक साल त्यसै पो बित्ने भयो घरमा । सबै तिर किन हो बन्द भयो डरमा।। लेख पढ बन्द भो बस्छौ हामी घरमा । बिद्यालय खुले छि आउने छौ डरमा।।

साना साना छौ हामी खेल्नलाई का जानी। घर भित्र बसेको धेरै भयो के खानी ।। बन्द भयो बेपार बाबा आमा घरमा । होला अब के गर्ने कोरोनाको डरमा ।।

गयो सब हाम्रो त यो सालको पढाइ । बडा दसैँ तिहार छैन हर्ष बढाइ ।। सन्सारमा हुँदै छ रोग सँग लडाइँ। सरकार के गर्छ खान छैन मलाई।।