नछाड्ने भए राष्ट्रिय जनावर, अब तस्करको नजर गाईप्रती



टेकबहादुर पुन
शुक्रबार, कार्तिक १४

दाङ । गोरुहरु तस्कर हुने गरेको यो भन्दा पहिले त सुन्ने गरिन्थ्यो ।
तस्करहरुले राम्रो मूल्य पाउँने भएपछी गाईलाई छोडी विभिन्न बहानामा गोरुको तस्कर मात्र गर्थे । अबभने दिनप्रति दिन गोरुको अभाव हुन थालेपछी तस्करको नजर राष्ट्रिय जनावर गाई प्रती पर्न थालेको छ । लमही नगरपालिका वडा नम्बर ४ स्थित शान्तीनगरमा जम्मा गरेर राखिएका ४१ वटा गाईगोरु मध्य प्राय गाई रहेका छन् ।

वैदिक धर्म परिषद नेपाल लमही नगर परिषद, स्थानीय युवा, प्रहरी, जनप्रतिनिधि र सामाजिक अभियन्ताकाे अगुवाईमा फृला परेका ४१ वटा गाई गाेरुकाे व्यावस्थापन गर्ने ठाउँ नभएकाले जङ्गल तिर छाडिएको छ ।

जर्सी गाईनै गोठबाट हराएपछि!!!

लमही नगरपालिका ४ निवासी कमल अधिकारीको ७ वटा जर्सी गाई गत मँगलबार हरायो ।

आफुले पालेको गाई हराउँदा माया मार्न सकिनन् उनी । त्यहीमाथी गोठबाटै गाई हराउँदा उनी चुप बस्न सकिनन् । छर छिमेकमा खोज तलास गर्दै जाँदा लमही-४ शान्तिनगर स्थित खुला चौरमा बाँधिएको अबस्थामा फेला परे । त्यहाँ उनका गाई सँगै ४१ वटा अन्य गाईहरु पनि फेला परे । चोरी गरिएका जर्सी गाई सँगै अन्य गाईहरु पनि फेला परेपछि सबै चोरीकै हुन कि! भनेर अन्दाज गर्न सकिन्छ नै । यति धेरै सँख्यामा गाईहरु एकै ठाउँमा फेला परेपछी तस्करी हुँदै गरेको भन्ने कुरापनि सजिलै आँकलन गर्न पनि सकिन्छ ।

तर, प्रहरी भन्छ तस्करी नै हो भनेर भन्न सक्ने अबस्था भने छैन । गाडी सहित पक्रन नसकेकै कारण तस्करी भन्न सक्ने अबस्था नरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख राजन पौडेलले बताए । “गाईहरु बाँधिएको अबस्थामा फेला परे, गाडी सहित पक्रन सकेको भए तस्करी भन्न सकिन्थ्यो प्रमुख राजन पौडेलले भने-फेरि सम्बन्धित ब्यक्ति फेला परेको छैन, अनुसन्धानमै छौ, केहीदिनमै नतिजा बाहिर ल्याउँछु ।”

कमल अधिकारीको जर्सी गाई हराएर भेटिएपछी नै यो कुरा बाहिर आएको हो । उनको अझै एउटा गाई फेला परेको छैन । अधिकारीका अनुसार यो भन्दा पहिलेपनि उनका केही गाई हराएका थिए । स्थानिय बर्गद अलि र कलुवा नामका ब्यक्तिले आफ्नो गाई चोरी गरेको आफुलाई अनुमान रहेको अधिकारीको भनाई छ ।

एक स्थानियका अनुसार शान्तिनगरको खुला चउर गाई गोरु सँकलन केन्द्र (ट्रान्जित पोईन्ट) को रुपमा स्थापित भएको छ । “गाई गोरुहरु डोय्राउँदै यहाँ ल्याईन्छ र सँख्या पुगेपछि गाडीमा लोड गरि पठाईन्छ एक स्थानियले भने ।”

ओसार पसारमा बालबालिकाको प्रयोग

गाईहरु जम्मा गरेको भन्दै प्रहरीले बिहिबार शान्तिनगर बाट ६ जनालाई पक्राउ गर्यो । पक्राउ परेका मध्य ५ जना त बालक छन् भने अर्का बृद्द छन् । ललाई फकाई गरि तस्कर हरुले बालबालिका लाई प्रयोग गरेको रहस्य पनि फेला परेको छ ।

सम्बन्धित ब्यक्ति नदेखिएर आर्थिक प्रलोभनमा पारी बालबालिकालाई ओसार पसारमा लगाउने परिपाटीको विकास भएको छ । बालकलाई श्रममा लगाइ रहेको देखिनुले गाई गोरु तस्करी मौलाइरहेको आँकालन हुनु स्वभाविक नै छ । दाङमा गाई गोरु तस्करी बढिरहेको जिल्लामा भएका केही पुराना घटनाले पुष्टि गरिसकेका छन् ।

पहिले युवाहरु परिचालन भएर हुने तस्करी अहिले बालबालिकाहरु प्रयोग गर्न थालिएको छ ।

केही समय अघि गाई गोरु तस्करीमा दाङको राजमार्ग मात्रै प्रयोग गर्ने गरेको सार्वजनिक भइरहेका बेला अहिले जिल्लाका विभिन्न स्थानहरुमा संगठित तस्करी मौलाएको देखिन थालेको छ । गाई गोरु ओसार पसार गर्ने गिरोहले आफू त्यसबाट जोगिन बालबालिकाको प्रयोग गर्ने गरेका छन् । जसका कारण बालबालिकाहरु अहिले गोरु ओसार पसार धन्दामा लागेको देखिन्छ ।

संकलन केन्द्रबाट अर्काे केन्द्रमा पुय्राउन बालबालिका प्रयोग गरिएको र बालबालिकालाई त्यसबाफत केही रकम समेत दिने भएपछि उनिहरु पनि अह्राएको काम गर्न तयार भएको पक्राउ परेका ती बालकहरुले बताए । ब्यवसायको सजिलो माध्यम अहिले गोरु तस्करीलाई बनाएको देखिन्छ ।

बिहिवार पक्राउ परेका बालक सहित बृद्दलाई बेलुका नै परिवारको जिम्मा लगाएको लमहीका प्रहरी प्रमुख पौडेलले जानकारी दिए ।
छाडिएको गाई ब्यबस्थापनका लागि लमही नगर प्रमुख कुलबहादुर केसी सँग छलफल भईरहेको प्रहरी प्रमुख पौडेलले जानकारी दिए ।

बिक्रि बितरणका लागी गाईगोरु जम्मा गरिएको यो कार्य भने कुनै नौलो होईन । जिल्लाका विभिन्न क्षत्रमा गाईगोरु हरुको ट्रान्जित पोईन्ट नै स्थापना गरि गाईगोरु अनेत्र सप्लाई हुने गर्छन् । पुर्बी नेपालको झापा हुँदै बङ्लादेशमा सप्लाई हुँदै आईरहेको जानकार हरु बताउँछन् ।

यो भन्दा अघि गोरुहरु जोत्ने बहानामा तस्कर त भईनै रहन्थे । तर, गाई नै तस्कर हुन थालेको यो घटना भने दाङ देउखुरीका लागि पहिलो हो । नेपालको सँबिधानले गाईलाई राष्ट्रिय जनावरको सँज्ञा दिएको छ । तर यहाँ विभिन्न बहानामा तिनै राष्ट्रिय जनावर गाईपनि दिनप्रतिदिन मासुका लागि बिक्रि बितरण भईरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्