गाईगोरु तस्करको ट्राञ्जिट पोइन्ट बन्यो ‘लमही’



शिवु खनाल, देउखुरी १४ कात्तिक।  केही समय रोकिएको गाई गोरु तस्करी फेरी शुरु हुन् लागेको छ । लमही आसपासका बाटोमा दुइ÷चार वटा गईगोरु साना–साना बालकहरुले दैनिक दौडाउदै लागिरहेको देख्न सकिन्छ ।

कसैले कहाँ लैजाने भनेर सोध्यो भने ति बालकहरुले पनि राम्रो संग भन्नै मान्दैनन । तस्करको मुख्य नाइके सम्म प्रहरी पुग्न नसकोस भनेर उनीहरुले एकल महिला, बालबालिकालाई प्रयोग गर्दै आएका छन् । दुईचार पैसाका लागि सहाराविहीन महिला र बालबालिका त्यो काम गर्न बाध्य भएको बताउछन् । यता नेपालको राष्ट्रिय जनावर गाईलाई मासुका लागि प्रयोग गर्ने गरेको भन्दै वैदिक धर्म परिषद् नेपाल लमही नगर परिषद्ले समेत विरोध गर्दै आएको छ ।

गाई गोरुको व्यापारमा संलग्नहरुको पहिचान गरि कडा कारबाही गर्न समेत सरकारसंग माग गरेको छ । दाङको लमही नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय देखि करिब दुईसय मिटर पूर्वतर्फ रहेको खालि जग्गामा ३४÷३५ वटा गाई बेवारिसे अवस्थामा फेला परेका थिए । गाई गोरुको मुख्य नाइके अन्यत्र बसेर स—साना बालबालिकालाई डेढ दुईसय रुपैया दिएर ओसारपसार गराउदो रैछन् त्यसपछि ट्रकमा लोड गरेर लैजाने गरेको कुरा स्थानीयले गुनासो गरेपछि म आफै त्यस ठाउँमा पुगेर एक्सन लिएको हुँ, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले भने ।

प्रहरी प्रमुख पौडेलका अनुसार ओसारपसारमा संलग्न रहेको भन्दै ४÷५ जना बालकलाई सोधपुछका लागि वडा प्रहरी कार्यालयमा ल्याएका थियौ, तिनीहरुले एक दुई जनाको नाम दिएका छन् त्यसैको आधारमा हामी बुझ्दै छौ ।’

‘जुन जग्गामा गाई संकलन गरिएको छ त्यो जग्गा धनिलाई पनि हामीले खोजि रहेका छौ, बिना कागजपत्र हामीले नगरपालिका बाहिर जान दिदैनौ ।’ गाई संकलन गरेको स्थानमा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी पनि पुगेका थिए। अहिले तत्कालका लागि व्यवस्थापन गर्न समस्या भएका कारण बाधेर राखेका गाईलाई खोलेर जंगल तर्फ छोडिएको छ, जिल्लाका प्रहरी प्रमुख, नगरप्रमुख, वडा कार्यालयका वडाध्यक्षसंग समन्वय गरेर गाई गोरु तस्करीलाई पूर्णरुपमा नियन्त्रण लिने प्रहरी प्रमुख पौडेलले बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुशार बाहिरि जिल्ला हुँदै पूर्वपश्चिम राजमार्ग भएर अर्को जिल्ला लैजान लागेका गाई होस् वा गोरु नरोकिने तर दाङबाट अर्को जिल्लामा लैजान नदिने बताए । देउखुरीका केही स्थानमा गाई नियन्त्रणमा लिएको खबर पाएको छु, त्यहाँ प्रहरीलाई नियन्त्रणमा लिन सुचना जारी गरि सकेको बताउदै, प्रमुख जिल्ला अधिकारी आचार्यले गलत मनसायले कोही कसैले गाईगोरु ओसारपसार गरेको पाइएमा कानुन कारबाही गर्ने समेत बताए ।

किसानले चराउन लगेका गाईगोरु त्यसै गरि बेवारिसे अवस्थामा रहेका गाई गोरुलाई तस्करहरुले साना बालबालिकालाई पैसाको प्रलोभन देखाएर आफुहरुलाई पायक पर्ने स्थानमा संकलन गर्न लगाउने गरेको रहस्य खुलेको छ । तस्करहरुले बिभिन्न उपाय अपनाएर गाई गोरु संकलन गर्दै भारत पठाउने गरेको पाइएको छ । केही समय अघि गोरु तस्करीमा संलग्न युवा र राजपुरका स्थानिय विच झडप भएको थियो भने गोरु तस्करीमा संलग्न युवाहरुको मोटरसाईकलमा आगजनी समेत भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्