आपसी झडपमा मारिएका चौरसियाको ८ दिनपछि अन्त्यष्टि



वीरगञ्ज । मृत्युको आठ दिनपछि सत्तारुढ नेकपा पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ ।

चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको निवास्थानमा लगि शतगत गरिएको हो ।

नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

सो गाँउ कमिटीमा यही कात्तिक ६ गते भएको सपथग्रहण कार्यक्रममा विवादपछि झडप हुँदा घाइते चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा निधन भएको थियो । विवाद आफ्नै पार्टीका कार्यकर्ताबीच भएका थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्