“घर जान पाउँ” भन्दै ओली विरुद्ध नारा लगाए, साउदीले समाएर जेल हाल्यो



काठमाडौँ । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकार विरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको मुद्धा लागेको छ । स्थानीय प्रशासनले उनीमाथि मुद्धा चलाएको हो ।

घर फिर्न नपाएका नेपाली श्रमिकहरूले गत भदौ २१ गते राजधानी रियादस्थित समास्को कम्पनीमा प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेका थिए । साउदीमा यसअघि नेपाली श्रमिक विरुद्ध शान्ति सुरक्षा सम्बन्धी मुद्धा लागेको थिएन ।

सार्वजनिक स्थानमा कुनै पनि प्रकारको धर्ना र नाराबाजी गर्न साउदीमा मनाही छ । नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ती नेपालीलाई माफी दिई स्वदेश पठाउन पहल भइरहेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्