संसद शाह द्वारा राम जानकी मन्दिर काे शिलान्यास



कपिलवस्तु
कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नं ६ जिगना चाैराहा मा राम जानकी मन्दिर काे संसद अभिषेक प्रताप शाह द्वारा शिलान्यास गर्नु भयो ।

कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का संघीय सांसद अभिषेक प्रताप शाहले विजया दशमी का दिन पुजा पाठ गरेर राम जानकी मन्दिर काे शिलान्यास गर्नु भयो ।

विजया दशमी का दिन कुनै पनि शुभ कार्य काे सुरुवात गर्न काे लागि उत्तम (राम्रो ) रहेको हुनले राम जानकी मन्दिर काे शिलान्यास अाज गरिएको छ ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट अाफु बाचाै र अरुलाई बचाउन का लागि संसद अभिषेक प्रताप शाहले अनुरोध समेत गर्नु भयो ।

शिलान्यास कार्यक्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का संघीय सांसद र नेपाल कंग्रेस पार्टी का केन्द्रीय सदस्य अभिषेक प्रताप शाह , प्रदेश सभा सदस्य र सामाजिक विकास समिति का सभापति दीर्घ नारायण पाण्डे , पुर्व समाजवादी पार्टीका केन्द्रीय सदस्य राम वर्ण यादव , महाराजगन्ज नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हेमन्त कुमार चाैधरी, साधुसन्त लगायत अन्य व्यक्तिको उपस्थिति रहेको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्