अबैद्य उत्खनन् रोक्न जुट्दै गोलौराका बासिन्दा



सैघाली खबर,
तुलसीपुर १५ पुस ।

तुलसीपुर उपमहानगरपालिका ६ गोलौराका बासिन्दाहरु पातुखोलामा हुने अबैद्य उत्खनन् अन्त्य गर्न पहल लिएका छन् । पातुखोला पुल देखी पाँच सय मिटर भित्र उत्खनन् हुने गरेपनि स्थानीय सरकार, स्थानीय प्रशासनलगायत सम्बन्धित निकायले कुनै चासो नदिएको भन्दै अबैद्य उत्खनन् रोक्न गोलौराबासी आफै सक्रिय भएका हुन् ।

अबैद्य रुपमा दुई ढाई मिटर भन्दा मुनी सम्म उत्खनन् भएको भन्दै गोलौराका बासिन्दाले शनिबार उत्खनन् नगर्न चेतावनी समेत दिएको छ । पटक पटक तुलसीपुर उपमहानगरपालिका, ईलाका प्रहरी कार्यालयमा जानकारी दिदा पनि कुनै सुनुवाई नगरेपछि स्थानीय बासिन्दा नै सक्रिय भएर अबैद्य उत्खनन् रोक्न थालेको स्थानीय प्रकास केसीले जानकारी दिए ।

पातुखोला पुल देखी पाँच सय भित्र उत्खनन् हुदा पुललाई असर परिरहेको र आबश्यक भन्दा बढी उत्खनन् हुँदा त्यस क्षेत्रको बस्ति तथा सिंचाई कुलोमा प्रत्येक्ष असर परेको भन्दै उत्खनन् रोक्न पहल थालेका हुन् ।

गोलौरामा जाने सिंचाई कुलो आसपासमा आबश्यक भन्दा बढी उत्खनन् हुँदा बर्सेनी खेती योग्य जमिन बाँझो हुँन थालेको कुलो संरक्षण समितिका कार्यबहाक अध्यक्ष दिपक न्यौपानेले बताए ।‘बर्षेणी उत्खनन् हुँदा, खेत बाँझै हुने गरेका छन्’ उनले भने‘ केही बर्ष सम्म निरन्तर रहयो भने सिंचाईको समस्या नै उत्पन्न हुन्छ ।’ शनिबार उनीहरुले त्यहाँ कसैले पनि उत्खनन् नगर्न चेतावनी दिएको र आउदा दिनमा पनि उत्खनन् नरोकिए जस्तो सुकै कदम चाल्न पनि तयार रहेको कुलो संरक्षण समितिका सचिब बसन्त केसीले बताए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्