कांग्रेस नेता विश्वकर्माको उपचारमा सहयोग गर्न आग्रह



काठमाठौं । कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहेका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मिन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ ।

सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण कात्तिक ९ गतेदेखि ग्राण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आज प्रधानमन्त्री केपी ओलीलाई टेलिफोनमार्फत उनको स्वास्थ्य अवस्था बारे जानकारी गराउनुका साथै स्वास्थ्योपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गरे ।

नेता खाँडले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई समेत सांसद विश्वकर्माको स्वास्थ्योपचारका लागि आवश्यक पर्ने सहयोगका लागि अनुरोध गरेको कांग्रेस संसदीय दलले जनाएको छ ।

सांसद विश्वकर्मा¬मा निमोनिया देखिएको छ । श्वासप्रश्वासमा समस्या आएको हुँदा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको संसदीय दलले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्