अडिसनको तयारी गर्दै दाङ देउखुरी अाइडल



ओमप्रकाश गुप्ता , भालुवाङ १५ कार्तिक । दाङ देउखुरी आइडल २०७७ ले शनिवार राप्ती गाउँपालिका १ पाखापानीमा पत्रकार सम्मेलन गरेको छ । “कला साँस्कृतिक संरक्षण हाम्रो अभियान, लुम्बिनी प्रदेशको राजधानी भालुवाङ हाम्रो पहिचान” भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेशका १२ जिल्लालाई कर्मथलो बनाई यस क्षेत्रको कला, संस्कृति र मौलिकतालाई उजागरण गर्ने गरी होटल पौवामा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

आइडलका डाइरेक्टर तथा कोरियोग्राफी धिरज देवकरले आइडलका बारेमा विस्तृत जानकारी दिएका थिए । उनका अनुसार आइडल ४ चरणमा हुने छ । जसमा पहिलो चरण कार्तिक २० र २१ गते राप्ती गाउँपालिका १ पाखापानी स्थित होटल पौवामा अडिसन राउण्ड, दोस्रो चरणमा कार्तिक २२ र २३ गते कोरोग्राफी राउण्ड, तेस्रो चरणमा मंसिर ६ गते सेमिफाइनल राउण्ड होटल पौवामै गरिने र चौथो चरणमा फाइनल राउण्डको मिति भने पछि तय गरिने आइडलका डाइरेक्टर तथा कोरियोग्राफी देवकरले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का पार्षद महेश रिजाल, सम्पादक होमप्रसाद शर्मा, देउखुरी टुडेका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता,  संवाददाताहरु अन्शु बोहरा, रितु राना, एवीसि सञ्चार अनलाइनका विदुर एमसी, सन्तोष थापा, राप्ती अनलाइनका भिसुन शाही, राप्ती पोष्ट राष्ट्रिय दैनिकका प्रतिनिधी जमिर शाहा लगायतको सहभागिता रहेको थियो । सहभागि पत्रकारले आ आफ्नो सुझाव तथा जिज्ञासा समेत राखेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्