नेकपाका त्यागी नेता श्रेष्ठले गाएको जनचेतनामुलक गीत बजारमा, यस्तो छ भिडियो



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता हुन् नारायणकाजी श्रेष्ठ । उनलाई सबैले त्यागी नेता पनि भन्छन् । उनै श्रेष्ठले जनचेतनामुलक गीत बजारमा ल्याएका छन् ।

गीतको परिकल्पना किरण पन्तले गरेका हुन् । शब्द सुमन पण्डितको छ । गीतमा संगीत दिप सागर थापाले भरेका छन् । गीतका निर्देशक प्रकाश भट्ट हुन् भने संगीत संयोजन विपिन आचार्यले गरेका हुन् ।

गीतमा स्वर दिनेमा दिपसागर थापा, सागर गुरुङ, सरु थापा, रेजिना परियार, सुमन परियार, शिशिर गुरुङ, सुजन परियार, मोहन गोर्खाली, यीबी गुरुङ, सुनिला गुरुङ, कमल थापा, खेमराज तिवारी, कविराज ढकाल, मिमा गुरुङ, सरिता कुमाल, निशा गुरुङ र रञ्जित परियार छन् ।

गीतको म्युजिक भिडियोमा पनि धेरै कलाकारहरुले साथ दिएका छन् । मरिचमान श्रेष्ठ (बल्छी धर्वे), राजु मास्टर, अनिता बस्नेत लगायत सिभियसका सम्पूर्ण समुहले कलाकारको रोलमा भूमिका निभाएका छन् ।

गोरखा काठमाडौं जनसांकृतिक मञ्ज र कोभिड–१९ भोलिन्टियर सर्भिस (सिभियस) को संयुक्त प्रस्तुती जनचेतनामुलक गीत ‘कोरोनाको डर छ’ बजारमा आएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ कोभिड–१९ भोलिन्टियर सर्भिस सिभियसका संयोजक हुन् ।

‘कोरोनाको डर छ’ बोलको गीतमा संयोजक श्रेष्ठको स्वरमा ‘कोभिड–१८ बाट रक्षा, आजको आवश्यकता, सबैको सेवा सबैलाई सेवा हाम्रो प्रतिवद्धता’ भन्ने नारासमेत समावेश गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्