सैघाली खबर,
तुलसीपुर १५ पुस ।
समाजमा वातावरणीय शिक्षाको बिकास ( सीड) को सामाजिक परिक्षण तथा लेखाजोखा कार्यक्रम भएको छ । गोबिन्द बहादुर घर्तीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको बिशिष्ट आतिथ्यमा शनिबार तुलसीपुरमा कार्यक्रम भएको हो ।
त्यस अबशरमा प्रमुख अतिथि मेयर पाण्डेले गुणस्तरीय शिक्षाका लागि गैरसरकारी संस्थाले महत्वपुर्ण भुमिका निर्बाह गर्नुपर्ने बताएका छन् । उनले १० बर्षमा हरेक घरमा १ जना स्नातक पढेको मान्छे हुने उनले बताए । यसका लागि उपमहानगरपालिका संगै सीड जस्ता गैरसरकारी संस्थाको भुमिका पनि महत्वपुर्ण हुने बताएका छन् ।
सोमती चौधरीले स्वागत गरेको कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक माधब चौधरीले संगठनीक र लक्ष्मी भडारीले आर्थिक प्रतिबेदन पेश गरेका थिए । तुलसीपुर, घोराही, शन्तिनगर, दंगीशरणलगायतका स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको जानकारी गराईएको थियो ।
गरिब तथा सिमान्तकृत समुदायका वालवालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्धि गर्ने, स्थानीय महिला अधिकार कार्यक्रम, महिला तथा वालवालिकाको आर्थिक शशक्तिकरणका लागि दिगो जिविकोपार्जन कार्यक्रम सञ्चालन गरेको कार्यक्रम संयोजक माधव चौधरीले जानकारी दिए । यी कार्यक्रम सञ्चालन भए पस्चात पश्चिम दाङका ४३ बिद्यालयमा बालक्लब गठन, १८ वटा रिफ्लेक्ट केन्द्र स्थापन, ६० महिला समुहलाई संगठित गरी आर्थिक शशक्तिकरणमा जोड दिएको प्रगति प्रतिबेदनमा प्रस्तुत गरिएको छ ।
त्यस्तै ४४ वटा बिद्यालयमा शिक्षक,शिक्षिका ,बिब्यसगरी ९६ जनालाई शिक्षा दिने नीति तथा नियमावलीबारे अभिमुखीकरण भई आफ्नो पदिय जिम्मेवारीको महसुस हुने गरी पैरवी गरिएको प्रतिबेदनमा उल्लेख छ । त्यस्तै पश्चिम दाङका तीन वटा बिद्यालयलाई कम्प्युटर प्रदान, ३८ वटा बिद्यालयमा वसाई ब्यबस्थापनका लागि कार्पेट सहयोग गरिएको समेत प्रतिबेदनमा उल्लेख छ ।
साथै गुणस्तरीय शिक्षा कार्यक्रम, पैरवी वकालत तथा परिचालन, महिला उद्यमशिलता तथा जिविकोपार्जन, भौतिक सुधार तथा मर्मत कार्यक्रम, संस्थागत विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम, विपत तथा आपतकालिन सहयोग, समन्वय तथा सहकार्यलगायतका कार्यक्रम सञ्चालन गरिएको प्रतिबेदनमा उल्लेख छ ।
कार्यक्रममा सीडका अध्यक्ष भागिराम चौधरीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्पुर्णलाई धन्यवाद ब्यक्त गरे । उनले बिभिन्न बिद्यालय, संघसंस्थाहरुको सहयोगले नै कार्यक्रमहरु प्रभाबकारी रुपमा सञ्चालन भएको बताए ।
कार्यक्रममा माबि मानपुरका गिरिराज लम्साल, तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष शुशिला बुढाथोकी , शान्तिनगर गाउपालिका वडा नं. २ का वडा अध्यक्ष फर्राराम डाँगी , तुलसीपुर उपमहानगरपालिका १७ का भुप बहादुर केसी , पत्रकार महासंघ दाङका सहसचिब सर्मिला डिसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा प्रतिभा वलीले गीत प्रस्तुत गरेकी थिईन् । कार्यक्रमको सहजीकरण पत्रकार ओपेन्द्र बस्नेतले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।