दुखले हुर्केकी गाउँले छोरी चन्द्रकला



लक्ष्मण रसाईली,काठमाडौँ
सबैका सपना बेग्ला बेग्लै हुन्छन,कोहि धेरै बिकटमा जन्मेको होस अथवा सुगममा जन्मेको होस । हुने बिरुवाको चिल्लो पात भने झैं भविष्यमा कसैले केहि गर्दै छ भने त्यसले बाल्यकाल देखि नै निकै मेहनती बन्छ । त्यस्तै एउटा उदाहरण हुन चन्द्रकला थापा,उनि बि.स. २०५२ साल पुष २० गते भगवतीमाई गाउँपालिका ४ दैलेखमा जन्मिएकी हुन । बुवा अर्जुन थापा र आमा जैसरा थापा को कोखबाट कान्छी छोरीको रुपमा उनि भित्रिएकी हुन । उनका ४ जना दिदि र १ जना दाई छन । उनि एक बक्सर (बस्किङ खेलाडी) हुन । दैलेखको दुर्गम गाउँमा जन्मिएकी चन्द्रकला खेलाडी मात्र नभई एक कुशल रास्ट्र सेवक पनि हुन । उनि बि.स .२०७१ सालमा नेपाली सेनामा भर्ति भएकी थिइन उनको अहिले सेवा प्रबेश गरेको करिब ७ बर्ष पुग्न लागेको छ ।

अहिले उनि श्री जगदल गण छाउनी काठमाडौँमा नेपाली सेनाको प्युठ दर्जामा कार्यरत छिन । चन्द्रकलाले गाउँ मै त्यति बेलाको १० पास गरेर भर्ति भएकी थिइन ,सायदै भन्ने हो भने उनको गाउँ तथा छिमेकीमा सेना,प्रहरी,शसत्रमा कोहि पनि महिला थिएन र अझै पनि कोहि छैन त्यो बेला,जहाँ उनि एक कुशल मेहनती तथा दृढ सोचले सेनामा प्रबेश गरेकी थिइन् । ग्रामिण भेगमा जन्मे हुर्के पनि उनी सानै देखी फरक स्वभाबको थिईन र उनको सानै देखिको लक्ष भनेको जागिरे बन्छु भन्ने थियो त्यहि पनि सेनामा , तर त्यहाको सामाजिकी भने बिल्कुलै फरक थियो ।

जब उनि आफ्नो दाईको सहायताले सेनामा भर्ती हुने अबशर पाएकि थिईन र त्यहि समय उनका दाई पनि भर्ति भएका थिए ।अहिले दुई दाजु बहिनि नै सेनामा छन् । उनीले ९ महिना सैन्य तालिम पनि सकाईन,त्यहि बेला मेजर राम बहादुर अधिकारीको प्रेरणाले अहिले चन्द्रकला यो स्थितिमा छिन । पहिला पहिला त् उनीलाई बक्सिङ भनेको के हो कसरी खेलिन्छ केहि पनि थाहा नै थिएन उनीलाई यति मात्र थाहा थियो कि कुटाई खाने खेल भनेर ,चन्द्रकलाको शारीरिक बनावट उनको दृढ शक्ति उनको हिम्मतले आज उनि एक कुशल खेलाडी बनेकी छिन । जति बेला मेजर राम बहादुर अधिकारीको प्रेरणाले चन्द्रकलाले गर्न सक्ने अठोट हिम्मत गरिन त्यसपछि खेल्दै पनि गईन सफलता पनि हात पर्दै गयो । २०७६ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुदमा उनीले नेपालको तर्फबाट कास्य समेत हात पारिन । उनि बि.स .२०७३ देखि खेलमा पनि निरन्तर छिन ।


त्रिभुबन आर्मी क्लबमा रहेर सिक्दै अनि गर्दै चन्द्रकलाले हाल सम्म धेरै सफलता हात पारी सकेकी छिन । चन्द्रकलाले पहिलो पटक सेनापति कास्य पदक जितिन । अनि त्यस्तै लक्ष्मण शमशेर स्मृति कपमा कास्य, त्यस्तै सातौँ रास्ट्रिय खेलकुदमा ६९ के जी वजन समुहमा शसत्र संग भिड्दै तेस्रो नै भएकी थिइन् । त्यस्तै बि.स. २०७४मा दोस्रो गणेशमान स्मृति कपमा ५७ के जी वजन समुहमा गोल्ड समेत जित्न सफल भएकी थिइन । यहि समय थियो जति बेला चन्द्रकलाले बिस्तारै बिस्तारै नसोचेका सफलता पनि हात पर्दै थिए र अति हर्षित पनि भएकी थिइन । २०७४ मै रास्ट्रिय खेलकुद परिषदद्वारा झापामा आयोजना गरिएको खेलमा तेस्रो अनि २०७५ मा प्रकाश दाहाल स्मृति कपमा खुल्ला बक्सिङ प्रतियोगितामा गोल्ड नै जितेकी थिइन । २०७४,०७५ र ण्७६ मा लगातर सेनापति गोल्ड कपमा प्रथम बनिन त्यस्तै २०७५ ०७६ मा उत्कृष्ठ महिला खेलाडी समेत बनेकी थीइन ।

२०७५ को फागुन मै बिर गणेशमान स्मृति कपमा पनि गोल्ड नै जितिन । बि स २०७५ को ८ औं रास्ट्रिय खेलमा पनि उनीले गोल्ड नै जितिन । र २०७६ मा नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुदमा समेत उनीले कास्य हात परेकी छिन । र उनीलाई कर्णाली प्रदेश सरकार तथा भगवतीमाई गाउँपालिकाले पुरस्कृत सहित सम्मान समेत गरेको थियो । अहिले सम्म दैलेख मात्र नभई कर्णाली प्रदेश मै अन्तराष्ट्रिय स्तरमा बक्सिङ खेल्ने पहिलो महिला उनी मात्र हुन, थुप्रै दर्जनौ खेलको सफलताले उनीलाई जन्म दिने आमा बा साच्चै धेरै भाग्यमानी ठान्छन । भारत तथा थाईल्याण्डमा समेत खुल्ला बक्सिङ प्रतियोगितामा सहभागी भई सकेकी चन्द्रकलाको अहिले अनुभव जिबन र खेल उस्तै लाग्न थालेको छ ।

दुखले हुर्केकी गाउँले छोरी
चन्द्रकला थापा सामान्य परिवार कि दुखले हुर्केकी छोरी हुन । उनिको १० कक्षा पढदासम्म घाँस दाउरा चुलो चौको र बिधालय जाने गरेर नै दैनिकी चल्थ्यो । दिदीहरुले सानै बिहे गरेर गएपछि बृद बा आमाको हेरचाह र कामकाज उनीले नै गर्थिन । अझंै पनि उनि बिदामा जाँदा जागिरे छोरी होइन मलम छोरी नै बनेर जान्छिन । हुन् त उनि संगैका सबै साथी बिबाहित भएर पनि कतिका सन्तान हुर्केर ठुलै भई सकेका छन तर चन्द्रकला लाई पछुतो छैन किन कि उनि त्यो स्तर बाट यहाँ सम्म आइ पुगेकी छिन । पहिला पहिला उनका आमा बा लाई निकै पिरलो लाग्थ्यो छोरीलाई निकै दुख छ दुखि जागिर खायो ,अब के गर्छ अझ झन त उनि जब बक्सिङ सिक्दै थिइन आमा बा लाई थाहा भयो झनै चिन्ता परेको थियो । कुटाई खाने खेल कतै छोरीलाई केहि हुन्छ कि भनेर चिन्ता साचेर बस्ने गर्थे उनका बुवा आमा । तर अहिले निकै हौसला दिन्छन चिन्ताको पिरलो भए पनि आशा र भरोशा बन्दै छिन कान्छी छोरी चन्द्रकला ।

उमेरले ७२ बर्ष पुगेका बा र ६६ बर्ष पुगेकी उनकी आमा साच्चै अझै पनि गाउँ मै दैनिक चलाई रहेका छन । अब बाकी बाचुन्जेल बा आमालाई सकेको खुसि राख्ने चन्द्रकलाको सोच छ । चन्द्रकला १० पास गरेर जब सेनामा भर्ती भईन त्यति बेला त्यहाँ नजिक छिमेकी आफन्तमा कोहि पनि महिला दिदि बहिनी सरकारी सेवामा थिएनन । उनीले महान सोच दृढ बिचारले आज कर्णाली शिर नेपालीको शिर उच्च बनेकी छिन । सायदै उनीले सेवा प्रवेश नगरेको भए आज उनि त्यहि माटो त्यहि ठाउँमा बच्चा हुर्काएर बस्नु बाध्यता हुने पक्का थियो । चन्द्रकलालाई सानोमा संगीत सार्है मन पर्ने गथ्र्यो बिधालयमा हुने कार्यक्रममा उनि सहभागी हुन्थिन र पुरस्कार पनि हात पर्ने गर्थिन तर अहिले बाटो नै फरक बनेको छन अझै पनि पल्टनमा हुने सांगीतिक कार्यक्रममा सहभागी गर्छिन । चन्द्रकलाले यो उमेरमा गरेका सफलताले अझै हौसला मिलेको छ ।

अबको उनको लक्ष भने एसियन खेल खेल्ने ठुलो धोको छ । उनि त्यस कै तयारीमा जुटेकी छिन । जसरी एउटा दुर्गममा जन्मेर हुर्केकी छोरी आज सबै बाध्यता बिबशता समस्या सबै परास्त गरेर एक कुशल खेलाडी कुशल सेवकको रुपमा चिनिएकी छिन । पावर पहुँच भन्दा पनि दृढ सोच महान विचार र क्षमता केहि गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण दिए कि छिन चन्द्रकला थापाले ,त्यसैले केहि गर्नु छ अथवा सफल बन्नु छ भने संघर्षशील र चन्द्रकला जस्तै बन्न जरुरी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्