भेडाहरु संग तीन दिन



केरुङको बाटोमा
एक थान भरुवा बन्दुक
अढाई फिट लामो तरबार
समातेर टिष्टाको छेउमा
उभिने समय यो हजुरको
जात्ले छोरा
बाबाले जोडिदिएका
अलिकति भेडा चराउछ
हातमा राहदानी बोकेर
आमाको गुलाफी र
चुहिने खरको छानो बदल्न
युरोपका देशहरूमा
लाखौं कमाउने
जीवनको यो अमुल्य समय
म भेडामा बिताउछु
टिष्टाका छेउहरु
केरुङका बाटाहरु
ती युरोपका देशहरूमा
जान बनाइएका राहदानीका
पानाहरु केवल मेरा निम्ति
यादहरु बन्ने छन
सपनाहरू बन्ने छन
अझै बाकी मेरो जीवनको
उर्जाशिल समय भने
ती केही थान भेडाका
बगालहरु संग बित्ने छ।।

विद्यार्थी नेता,दिर्घ बहादुर शाही”कवि”को कविता { भेडाहरु संग तीन दिन}

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्