सप्ताहव्यापी खेलकुद प्रतियोगिता समापन



सैघाली खबर
दाङ, १५ पुस । गोरखा ग्रुप द्वारा सञ्चालित गोरखामा माध्यामिक विद्यालयले २० औ वार्षिक उत्सवका अबसरमा आयोजना गरेका खेलकुद सप्ताहको शनिवार समापन गरिएको छ । विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर बुढा मगरको अध्यक्षता एंव घोराही उपमहानगरपालिका– १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यता तथा नेपाल मगर संघका केन्द्रिय कोषाध्यक्ष सावित्रा थापा मगरका विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले खेलकुद राष्ट्रियताका चिनारी रहेकाले बालबालिकाहरुलाई शिक्षा संगै खेलकुद क्षेत्रमा पनि अग्रसर गराउनुपर्ने बताउनुभयो । वडाध्यक्ष डाँगीले खेलकुदले हरेक व्यक्तिको मानसिक तथा बौद्धिक विकास गर्ने सक्ने भन्दै स्वास्थ्यका लागि पनि खेल अति महत्वपूर्ण रहेका बताउनुभयो । उहाँले भन्नुभयो–‘ राष्टियताको भावना र हरेक व्यक्तिलाई तदरुस्त राख्ने खेलकुद नै रहेकाले यो हरेक विद्यालय र वालवालिकाहरु नियमित हुनु अति नै महत्वपूर्ण छ ।’

त्यस्तै उहाँले खेलकुदले स्वच्छ स्वस्थ राख्ने भएकाले खेलकुदको विकास संगै वातावरणको स्वच्छता समेत सुदृढ हुने बताउनुभयो । त्यसका लागि गोरखा ग्रुपले निकै प्रशंसनिय प्रयासहरु पनि गर्दै आईरहेका उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो–‘ विद्यालयले शिक्षाको गुणस्तरियता संगै संस्कारको शिक्षा पनि दिदै आईरहेको छ । ’ जसका कारण यस विद्यालयका बालबालिकाहरु अतिरिक्त क्रियाकलापमा पनि सफल हुदै आईरहेका छन ।

त्यस्तै कार्यक्रमकी विशिष्ट नेपाल मगरसंघका केन्द्रिय कोषाध्यष अतिथि सावित्रा थापा मगरले वालवालिकाहरुका लाई सैद्धान्तिक शिक्षको ज्ञान संगै अतिरिक्त खेलकुदको अभ्यासमा पनि गराउनुपर्ने जसका लागि यस्ता गतिविधिहरु नियमित सञ्ंचालन गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मध्यमपश्चिमाञ्चलका कराँते प्रमुख बलविर नेपाली, दाङ जिल्ला कराँते प्रमुख धनप्रसाद घर्ती, गगन पुन, दाङका कराँते संघका अध्यक्ष हरि वहादुर घर्ती, वडा प्रहरीका कार्यालयका दाङका प्रहरी सहायक निरिक्षक तुल बहादुर विक र विद्यालकया विज्ञान संकायका इन्चार्ज एम.बी. केसी लगाएतले भनाई राख्नुभएको थियो । वार्षिक उत्सवका अबसरमा भलिबल, फुटबल , दोैड, हाईजम्प, लङजम्प लगाएतकाले प्रतियोगितामा कक्षा तीन देखी दश सम्मका विद्यार्थीहरु सहभागी भएका थिए ।

विद्यालयका प्रधानध्यापाक मानसिंह घर्तीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक शोभाकर पन्थी र शिक्षिक ज्ञानुमाया पुनले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्