गायिका रेखा जोशी र संसार धामीको स्वरमा रहेको डेउडा गित उसै फस्का लाउदि छै सार्बजनिक (भिडियो सहित)



चर्चित देउडा गायिका रेखा जोशी र संसार धामीको स्वरमा रहेको नयाँ देउडा गीत “उसै फस्का लाउदि छै”सार्वजनिक भएको छ । के.एस. सोनी को शब्द रहेको उक्त गीतको म्युजिक भिडियो संसार धामीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

कृष्ण बाबुद्वारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा सिद्धार्थ जयगढी र दीपिका कँडेलले अभिनय रहेको छ । कृष्ण बाबुको सम्पादन रहेको म्युजिक भिडियोको छायाङ्कन अमृत उपाध्यायले गरेका छन् ।गीतको छायाङ्कन घोडाघोडी नगरपालिका वडा नम्बर ६ भित्रका रमणीय ठाउँमा गरीएको छ ।

लोक पप गीत मार्फत साङ्गीतिक क्षेत्रमा भर्खरै प्रवेश गर्नु भएका गायक संसार धामीको उसै फस्का लाउदि छै पहिलो देउडा गीत हो । कैलालीको घोडाघोडी नगरपालिका वडा ६ घर भएका धामी पछिल्लो समय साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन थालेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्