विदेशी पर्यटक भित्र्यादै धारापानी



गिरिराज नेपाली
दाङ, १५ पुस । विश्वको सवैभन्दा अग्लो त्रिशुलको चर्चा पाईरहेको दाङको पाण्डवेश्वर महादेव मन्दिर धारापानीले विदेश पर्यटक तथा भक्तजनहरु भित्र्याउन थालेको छ । आन्तरिक पर्यटकको गन्तव्य बनेको धारापानी पछिल्लो समय विदेशिक पर्यटक तथा दर्शनार्थीहरुको गन्तव्यका रुपमा पनि फष्टाउदै गईरहेका छ ।

  मन्दिरको अवलोकन तथा दर्शन गर्न आएका भारत लखनउका भारतिय नागरिक पदमप्रसाद गुप्ताले ‘लखनउ मे भि दाङके पाण्डेश्वरी मन्दिर बहुत आच्छा होतिम वाद चलती उसके वाद हाम मन्दिरको दर्शन के लिए आराहि हु ।’ अर्थात भारतको लखनउ लगाएत हिन्दुधर्मालम्वी क्षेत्रमा दाङको पाण्डवेश्वरी मन्दिर निकै सुन्दर र मनै लोभ्याउने चर्चामा रहेकाले आफु मन्दिरको दर्शनका लागि आफु आएको बताउनुभयो । धार्मिक तथा पर्यटकिय इतिहास बोकेको यस क्षेत्रको प्रत्यक्ष दर्शनका लागि आफु आएको उहाँको भनाई छ । उहाँले भन्नुभयो– ‘सवैभन्दा राम्रो र सुन्दर रहेछ , म स्वर्गद्धारी पनि पुगे, त्यसपछि यहाँ पनि जान्छुपर्छ भनेर म दर्शनका लागि यहाँ आए । ’
पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव विष्णराम आचार्यले पछिल्लो समय विदेशी पर्यटक तथा भक्तजनहरुले पनि मन्दिरको दर्शन तथा अवलोकन गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘ पछिल्लो सयम दैनिक १५÷२० जना विदेशी अनुहार नै मन्दिरमा देखा पर्ने गरेका छन । ’ जुन पर्यटक तथा दर्शनार्थीहरु भारतिय, अमेरिकन, क्यानडी, ईटली ,जापानी र चिनिया नागरिक भित्रन थालेका उहाँले बताउनुभयो । वाह्य पर्यटक तथा दर्शनार्थीहरुको वृद्धि संगै स्थानिय व्यापार र मन्दिरको आर्थिक क्रियाकलाप समेत वृद्धि हुन थालेको छ ।

लुम्विनीमा झर्ने पर्यटकहरु दाङ सम्म आईपुग्ने गरेको पनि उहाँले बताउनुभयो । लुम्विनी पछि पश्चिम नेपालकै पर्यटकिय स्थलका रुपमा त्रिशुलले धारापानीलाई अर्काे रुपमा देखाउन थालेको पनि उहाँले बताउनुभयो । केही महिना अघि सम्म छुटपुट रुपमा देखिने विदेशी अनुहार हिजो बाक्लो बन्ने गरेको उहाँँले बताउनुभयो । दैनिकजसो हुने बनभोज, अबलोकन र दर्शनार्थी गरी साढे तीन सयले पर्यटक तथा दर्शनार्थी भित्रने मध्ये ६० देखी ७० जना सम्म विदेशिक नागरिक हुने उहाँले बताउनुभयो ।

त्यस्तै मन्दिरका पुजारी गोविन्द पौडेलले पुजाआरधनाका लागि भारतिय नागरिक र पर्यटकिय स्थलको अवलोकनका लागि क्यानडी र अमेरिकन नागरिक आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्रिशुल, पर्यावरण र ऐतिहासिक मठमन्दिरको अबलोकनका लागि पछिल्लो समय विदेशीहरु भित्रने गरेको उहाँले बताउनुभयो ।

आचार्यले मन्दिर परिसरमा नयाँ मन्दिर तथा पार्कस्थल , बनभोज स्थलहरुको निर्माण भईरहेकाले त्यसले पनि अबका दिनमा केही पर्यटन तथा धार्मिक स्थलको प्रचार र सुन्दरतामा टेवा पु¥याउने सकिने बताउनुभयो ।

जसका कारण दाङका दुई ठुला शहर घोराही र तुलसीपुरका होटेलहरुको व्यापार समेत फष्टाउदै गईरहेको उहाँले बताउनुभयो । वाह्य पर्यटकहरुको आकर्षण संगै दाङको आर्थिक विकासमा मजवुत बन्दै गईरहेको उहाँले बताउनुभयो ।

बाटोको समस्या
दाङका सडकहरु जिर्ण बन्दै गईरहेकाले त्यसको प्रत्यक्ष मार पर्यटकिय क्षेत्रहरुले खेप्नु परेको छ । दाङका खोलाहरुमा निर्माणाधिन पुलहरु समयमा सम्पन्न नहुदा दाङ भित्रने पर्यटकहरुले निकै सास्ती खेप्नु परेको बताउनुभयो पाण्डवेश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्य । उहाँले भन्नुभयो–‘ जुन मुलकका पर्यटकहरु आउछन, उनीहरु धारापानी मन्दिर राम्रै रहेछ तर वाटो खतम रैछ जान आउनै धौ ’भनेर भन्छन ।

जसका कारण जति दाङमा पर्यटक भित्र्नुपर्ने हो, त्यति पर्यटक भित्रन सकेको छैनन भन्ने अनुमान गर्न सकिन्छ । जसका कारण पर्यटक विकासमा समेत वाधाँ पुगेको उहाँले बताउनुभयो । खोलाका निर्माणाधिन पुलहरुको निर्माण सम्पन्न र mै दाङमा हवाई यातायातको सञ्चालन गर्न सकेमा पर्यटकहरु दिनपिच्छे वढ्न सक्ने उहाँको भनाई छ ।

खानेपानीको अभाव
मठमन्दिरको भौतिक संरचना, बाटोघाटो, मनोरम पर्यावरणले परिपूर्ण दाङको धारापानी मन्दिर पर्यटकिय क्षेत्रका रुपमा प्रख्यात रहे पनि खानेपानीको समस्या निकै जटिल बनेको छ । खानेपानीको स्थायी बन्दोबस्त नहुदा मँिन्दर व्यवस्थापन समितिले मन्दिरको दर्शन तथा अवलोकन गर्न आउने पर्यटक तथा भक्तजनहरु खानेपानी पु¥याउन सकस व्यहोरी रहेका छ । भने बनभोज जानेहरुले पनि खानेपानीको अभाव झेल्नु परेको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णराम आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो– ‘बबईको पानी लिफ्ट अस्थाई रुपमा सुचारु गरी खानेपानीको पु¥याएका छौ । ’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्