नेपाली कांग्रेस दाङले मेलमिलाप दिवस विशेष कार्यक्रम गर्ने

By थाहा अनलाइन

December 31, 2017

सैघाली खबर दाङ,१६ पुस

राष्ट्रिय मेलमिलाप दिवस अवसरमा नेपाली कांग्रेस दाङले आज आइतवार विशेष कार्यक्रम गर्ने भएको छ । कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का र सचिव शंकरप्रसाद डांगीले विज्ञप्ति प्रकाशित गरेर नारायरणपुरमा मेलमिलापका अवसरमा अन्तक्र्रिया कार्यक्रम गर्ने बताएको हुन ।

कांग्रेसका अनुसार विहान त्रिपुर नगर समितीको कार्यालयमा कार्यक्रम हुने भएको छ । कार्यक्रममा उपस्थितीका लागी कांग्रेसले पार्टी नेता कार्यकर्ता, भ्रातृ एवं शुभेच्छुक संघसंस्थाहरुलाई अनुरोध गरेको छ । महामानव विपी कोइराला भारत बाट मेलमिलापको निति लिएर नेपाल फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउदै आएको छ ।