चुराेट खाएर ठुटाेलाई ननिभाएर सुत्दा सल्यानमा एक महिलाकाे काेठा भित्रै जलेर मृत्यु



सल्यान । सल्यानमा आगलागीमा परेर एक महिलाकाे ज्यान गएकाे छ ।

जिल्लाकाे शारदा नगरपालिका २ खलंगा गैरागाउँ निवासी ५२ वर्षिय पार्वती खड्काकाे गएराती आगलागीमा परेर ज्यान गएकाे हाे ।

घरमा काेहि नभएकाे अवस्थामा काेठा भित्रै चुराेटकाे ठुटाेबाट निस्किएकाे आगाेमा परेर उनकाे मृ त्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

सधै मदिरा सेवन गरेर सुत्ने खड्का गएराती पनि अत्याधिक मदिरा सेवन गरेर काेठामा सुतेकी थिइन् ।

सुत्दा उनले चुराेट खाएर ठुटाेलाइ ननिभाएर काेठामा फालेकाे र त्यहिबाट आगाे निस्किएकाे अनुसन्धानमा खुलेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर लक्ष्मण ओलीले बताए ।

‘काेठामा अन्य थुप्रै चुराेटका ठुटा पनि रहेछन् । त्यहिबाट आगलागी सुरु हुँदा विस्तरा जलेर उहाँकाे शरिर जलेछ ।’, उनले भने, ‘काेठामा कतै झ्याल नभएकाे र एउमा मात्रै ढाेका भएकाेले निस्सासिएर उहाँ बाहिर निस्कन सक्नु भएनछ ।’

मृतकका पतिको केही वर्ष अघि निधन भएको थियाे । त्यस्तै, दुइवटा छाेरा भएकाे र उनिहरु राेजगारीकाे लागि जिल्ला बाहिर भएकाे तथा एउटी छाेरी बिहे गरेर अनेन्त्र गएकाेले उनि एक्लै घरमा बस्थिन् ।

अहिले श’व पाेस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्