प्रदेशसभा सञ्चालन गर्न राप्ती प्राविधिक शिक्षालय सार्ने सहमति



ओमप्रकाश गुप्ता/ शिवराज पन्थी, गढवा १९ कार्तिक । लुम्विनी प्रदेशको स्थायी मुकाम  देउखुरीमा गएपछि प्रदेशसभाको हिउँदे अधिबेशन देउखुरीको राप्ती प्राबिधिक शिक्षालयमा सञ्चालन गर्ने गरि गृहकार्य सुरु भएको प्रदेश सांसद इन्द्रजित थारुले जानकारी दिएका छन् । जसका लागि आइतवार गढवाको गोबरडिहामा भएको सर्बदलिय सर्बपक्षिय बृहत भेलाले राप्ती प्राबिधिक शिक्षालय गोबरडिहा स्थित सरस्वती माबीको जग्गामा स्थानान्तरण गर्ने साझा सहमति समेत भएको उनले बताए ।

केहि दिन अघि लुम्बिनी प्रदेशका अान्तरिक तथा कानून मन्त्री कुलप्रसाद केसी र सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारू, सुरक्षा निकायका प्रमुख  सहितको एक उच्च स्तरिय टोलीले राप्ती प्राविधिक शिक्षालयमा एक अनौपचारिक कार्यक्रम राखी स्थलगत अध्ययन अनुगमन गरेको थियो ।

प्रदेश सरकारको हिउँदे अधिबेशन राप्ती प्राबिधिक शिक्षालयमा राख्ने गृहकार्यका साथ प्राबिधिक शिक्षालयलाई स्थानान्तरण प्रकृयामा लैजाने तयारीको पनि संगसंगै गृहकार्य सुरु भएको र गढवाको गोबरडिहामा राख्ने साझा सहमति समेत भैसकेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् । गढवा गाउँपालिकाले प्राबिधिक शिक्षालयका लागि आबश्यक पर्ने जग्गा उपलब्ध गराउने र प्रदेशसभा मौरीघाटमा संचालन गर्न वातावरण मिलाउने कार्यमा पुर्ण सहयोग गर्ने साझा सहमति भएको जनाएको छ ।

गढवा गाउँपालिकाको आयोजनामा आइतबार गोबरडिहा स्थित सरस्वती माध्यमिक बिद्यालय परिसरमा भएको सर्बपक्षिय सर्बदलिय भेलामा यस्तो सहमति भएको बताइएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षता र लुम्बिनी प्रदेशका सांसद इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा पुर्व सांसदहरु रश्मिराज नेपाली र योगेन्द्र चौधरीको बिशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा राप्ती प्राबिधिक शिक्षालयलाई आबशयक पर्ने जग्गा सरस्वती मावी गोबरडिहाले उपलब्ध गराउने र सो बिद्यालयको इतिहास र अस्तित्व कायम रहने गरि गढवा गाउँपालिकाले प्राबिधिक शिक्षालयकालागि आबश्यक ब्यवस्थापन गर्ने निर्णय भएको छ ।

कार्यक्रममा पृथु टेक्निकल कलेजका संयोजक प्रदिपराज शर्मा, वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमाल, सरस्वती माबी गोबरडिहाका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यमनारायण पोखे्रल(बिश्वाँस), नेपाली कांग्रेसका श्रीपत चौधरी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, शिक्षाप्रेमी बुद्धिजिवीहरु सानुनारायण अधिकारी, गोबिन्द ओली, सुर्यप्रकाश बर्मा, हेमराज शर्मा, रघुनन्दन चौधरी, खगेश्वर शर्मा लगायतले राय ब्यक्त गरेका थिए ।

झण्डै ७ सयको हाराहारीमा बिद्यार्थीहरु रहेको राप्ती प्राबिधिक शिक्षालयका स्थानान्तरणका लागि ४० बिगाह जग्गा र एक अर्ब रुपैयाँ आबशयक पर्ने बिद्यालय स्रोतले जनाएको छ । हाल सरस्वती माबी गोबरडिहाको ६५ कोठाको भवन मध्ये कृषि प्राबिधिक धारको ल्याब सहित ३४ कोठा प्रयोगमा आएको र ३१ कक्षाकोठाहरु खाली नै रहेको बिद्यालयले जनाएको छ ।

यसको अलावा सरस्वती माबी गोबरडिहाको प्रसस्तै गग्गाा रहेकोले पनि प्रबिधिक शिक्षालय यो स्थानमा स्थानान्तरण गरि प्रदेश सरकारलाई भौतिक संरचना सहितको राप्ती प्राबिधिक शिक्षालय हस्तान्तरण गर्न सकिने बिकल्प रहेको कार्यक्रममा बताइएको थियो । यि सबै कुराहरु कानूनि प्रकृयाबाट मात्र अगाडी बढ्ने छन् ।

प्रदेश सरकारको स्वामित्वमा प्राबिधिक शिक्षालयको भौतिक संरचना सहितको जग्गा हस्तान्तरण हुने छ भने प्राबिधिक शिक्षालयको स्वामित्व रहने गरि गोबरडिहाको जग्गा लिज प्रकृया वा कुनैपनि माध्यमबाट हस्तान्तरण हुने छ–सांसद इन्द्रजित थारुले भने । प्रदेश राजधानी तत्काल ल्याउन र हिउँदेसभा संचालन गर्न देउखुरी उपत्यकाका स्थानीय सरकार, राजनितिक दल, नागरिक समाज, उद्योगी ब्यवसायी र आम नागरिकले हरेक कोणबाट सकारात्मक सहयोग गर्ने बेला आएको छ–पुर्व सांसदद्धय रश्मिराज नेपाली र योगेन्द्र चौधरीले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्