सैघाली खबर
काठमाडौं,१६ पुस
सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णय यही साता भित्र गर्ने तयारी थालेको छ । प्रमुख र केन्द्रको टुंगो नलागे सम्म राष्ट्रियसभा निर्वाचन नै प्रभावित हुने देखिएकाले यसलाई टुंग्याउने काम अघि बढाएको बाणिज्य मन्त्री मीन विश्वकर्माले बताउनुभयो ।
केही दिनभित्रै प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानीको निर्णय हुनेछ । प्रदेश प्रमुख तोक्ने विषयमा प्रधानमन्त्रीले आन्तरिक छलफल सुरु गरिसक्नुभएको विश्वकर्माले बताउनुभयो । प्रदेशसभाको अन्तिम चुनावी परिणाम प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
त्यसैले प्रदेशसभाको चुनावी परिणामले आधिकारिकता नपाएसम्म राष्ट्रिय सभाको अन्तिम मतदाता संख्याको पनि टुंगो लाग्दैन ।यो कानुनी बाध्यता बुझेर नै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया चाँडो थाल्न आग्रह गर्नुभएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।