निर्वाचन आयोगले उम्मेदवारलाई दियो यस्तो कडा निर्दैशन



सैघाली खबर,
काठमाडौं, १६ पुस।– निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका उम्मेदवारलाई चुनावको बेला गरेको खर्च विवरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगले सूचना निकालेर मंसिर १० र २१ गते भएको चुनावको मतपरिणाम आइसकेकाले चुनावको बेला गरिएको खर्च विवरण पेश गर्न निर्देशन दिएको हो ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ मा चुनावमा गरेको खर्चको विवरण परिणाम घोषणा भएको ३५ दिनभित्र दल, उम्मेदवार वा तिनका प्रतिनिधिले पेश गर्नुपर्ने प्रावधान छ ।

सम्बन्धित जिल्लाका निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण पेश गर्न सकिने आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्