राज कुमार कार्की
हिमाल पहाड भित्री मधेस हजुर छ अनि तराई ।
हाम्रो देश नेपाल हो कोही छैन अब पराई ।।
चार जात छत्तिस नै बर्णको छ फूलबारी ।
कुटो कोदालो गरि श्रम फलाउछौँ तरकारी।।
पूर्व मेची देखि पश्चिम तिर महाकाली ।
प्राकृतिक मनमोहकले भरिपूर्ण हरियाली ।।
कस्ले सक्छ यो माटोमा हामी हैन नेपाली भन्न।
कुटो कोदालो गरि अन्न बालीनाली उब्जाउ टन्न।।
कुहू कुहू भनि कोहिलिले परिचय पो माग्दैछ।
प्रकृतिक धुनमा नाच्दै मयूरले देश नै ढाक्दैछ।।
झारपात हरियाली सब लहरा लता टन्न ।
जडीबुटी कै औषधि बनि सक्छ धनी बन्न।।
नदी नाला बाट पानी गैरहेछ बगि खेर ।
जलविद्युत बनाए त लाग्दैन् धनी हुन बेर।।
सिंचाइ सब गर्नुपर्छ बनाएर नहर कुलो।
अन्नबाली उब्जाउन सन्सारमा सक्छौ ठूलो।।
धार्मिक नै तीर्थस्थल देश भरमा छ्न टन्न।
सक्छौ कहाँ अब हामी अतिथिलाई नआउ भन्न।।
बसेकाछौ सब अतिथि देव भव मन्त्र जपेर।।
आतुर नै छौँ स्वागत गर्नलाई ताली ठोकेर।।
उत्तरमा नै हिमाल झल मल छ झल्केको।
बिहानीको सूर्य कै पो किरण मोती झैँ टल्केको।।
आहा!कति छ राम्रो हेर सामिप्यमा घाम छाया ।
जहाँ जाउ साचेकोछु मुटु भित्र देशको माया।।
जन्मि हुर्कि बढि गरेउ यहीँ देशको नै माटोमा ।
हामीले के दिन सकेउ त तेसको नै साटोमा।।
बनौन देश हिँडेकाछौ सब पुर्खा कै बाटोमा ।
जहाँ गए नि आउनेछौ यहीँ देशको नै माटोमा।।
बसेकाछौ पैसा गनि पल्टन गोर्खा सब बनि।
आमा बा नै बसेकाछन् देशको सिमा सब गनि।।
सक्छौ गोली हानि मार्न शत्रु हुन सब भनेर।
आउ फर्कि अब देशको रक्षा कवच नै बनेर ।।
फिर्ता ल्याउ कालापानी लिपुलेक लिम्पियाधुरा ।
अगि बढौ एक जुट भै नबाझि सब कुरा।।
लेखे मैले हजुर कविता शब्दजाल नै बुनेर।
बिदा हुन्छु हजुर हाम्रो देश नेपाल हो भनेर।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।