राजधानीको चर्चासंगै घर जग्गाको कारोबारमा वृद्धि



सुशिला वली,
घोराही, १६ पुुस,।
प्रदेश राजधानीको चर्चासंगै दाङमा घरजग्गा कारोबार बढेको छ । जिल्ला मालपोत कार्यालयका अनुसार गतवर्ष यस अवधिको तुलनामा चालु आर्थिक वर्षको यस अवधिमा घरजग्गा कारोबार बढेको हो ।

घर जग्गा किनबेचको क्रम बढेसंगै जिल्लामा चालु आर्थिक वर्षको साउन महिना देखि मंसिर मसान्त सम्म ५ हजार ८ सय ६२ लिखत पारित भएकोमा घर–जग्गा रजिष्ट्रेशनमा ५ करोड ७७ लाख ५० हजार १ सय ९७ राजश्व संकलन भएको मालपोत कार्यालयका निमित्त प्रमुख कमलबहादुर वलीले बताउनुभयो ।

जिल्लाका १० स्थानिय तह मध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिका भित्र पर्ने विभिन्न ठाँउमा घर–जग्गाको कारोबार बढि भएको मालपोत कार्यालयले जनाएको छ । दाङ बैदेशिक रोजगारीबाट फर्केका युवा र पहाडबाट बसाई सरेर आउनेहरुको लागि रोजाईमा पर्ने गरेको छ ।

उच्च अदालतको स्थापनाले दाङ प्रादेशिक राजधानी बन्न सक्ने भन्दै घर जग्गा कारोबारमा वृद्धि भएको व्यवसायीले बताएका छन् । रोल्पा, सल्यान, प्युठान लगाएका ठाउँका मानिसले दाङमा घर जग्गा कारोबार बढि गर्ने गरेको गरेको कारोबार बढि गर्ने गरेको गरेको मालपोत कार्यालयले जनाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्