विवादकाबीच नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवीबाट सम्मान गरिँदै



काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेले आज नेपाली सेनाको मानार्थ महारथीको पदवीबाट सम्मान गरिदैछ ।

अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा उनलाई नेपाली सेनाको मनार्थ महारथीको पदवीबाट सम्मान गर्नेछिन् ।

मनार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका उनी आज मुख्य औपचारिक कार्यक्रममा सहभागी हुँदै छन् ।

मानार्थ महारथीको उपाधि प्रदान गरेपछि उनलाई सैनिक मुख्यालयमा सेनाले गार्ड अफ अनर प्रदान गर्ने छन् । उनले शहीद गेटमा माल्यार्पण गर्ने समेत कार्यक्रम छ ।

नरवणेले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

नरवणे आज राति प्रधानसेनापति थापाले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा पनि सरिक हुनेछन् ।

थापाको औपचारिक निमन्त्रणमा नरवणे बुधबार नेपाल भ्रमणमा आएका हुन् । उनी शुक्रबार स्वदेश फर्किने छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्