‘ फरक–फरक दलका , एउटै–एउटै नारा ’



गिरिराज नेपाली
जेष्ठ २४ दाङ ‘दाङ प्रादेशिक राजधानी , स्मार्ट सिटी दाङ , स्वास्थ्य विज्ञान प्रतिष्ठान ,पर्यटन प्रर्वद्धन र विमान स्थल पुनः सुचारु ’ दाङको दाङ समृद्धिको आधार भन्दै सवलहरुले एउटै साझा एजेण्डा निर्माण गरी चुनावी प्रचारमा जुटेका छन ।

       नेपाली काँग्रेस , नेकपा एमाले , नेकपा माओवादी लगाएत साना अन्य दलहरु आसन्न स्थानिय तहको निर्वाचनमा लागि चुनावी मैदनमा उत्रिए पनि तर गाँउघर र शहर वजारमा एउटै चुनावी नारा वोकी चुनावी प्रचारमा जुटेका छन । कतिपय घोषणा गरी हाम्रा चुनावी नारा यस्ता छन भन्दै सार्वजानिक गरेका छन । भने कतिपय दलहरुले हाम्रा पनि यस्ता यस्ता विकासका योजनाहरु छन भन्दै प्रचार गरीरहेका छन ।
नेकपा माओवादी केन्द्र दाङले दाङ प्रादेशिक राजधानी संगै ‘स्मार्ट सिटी’ कार्यनिति निर्माण गरी चुनावी प्रचारमा जुटेको छ । दाङ लाई औद्योगिक शहरका रुपमा विकास गरी आर्थिक समृद्धि तिर उन्मुख गराई दाङको मुहार फेर्ने संकल्पका साथ माओवादी केन्द ्र चुनावी मैदानमा उत्रिएको छ । त्यस्तै तुलसीपुरको टरिगाँउ विमान स्थल लाई नियमित उडान सुरु गरी दाङ लाई पर्यटकिय क्षेत्रको प्रर्वद्धन र विकास गर्ने पनि अठोट लिएको घोराही उप–महानगरपालिका मेयर पदका उम्मेद्वार जीवन गौतमले वताए । उनले भने ‘ माओवादी केन्द्रले दाङ लाई प्रदेश राजधानी निर्माण गरी स्मार्ट सिटिका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । साथै दाङको औद्योगिक क्षेत्रको विकास गरी दाङको आर्थिक समृद्धि र युवा स्वरोजगारका वढाउने विदेशमुखी परनिर्भर अर्थतन्त्र लाई घटाउने संकल्प लिएको उनले वताए ।15122016111237sthaniy-chunau-1000x0

            त्यस्तै नेपाली काँग्रेस दाङले पनि दाङ लाई प्रादेशिक राजधानी निर्माण गरी दाङ सुन्दर नगरीका रुपमा विकास गर्ने चुनावी मुख्य एजेण्डा रहेको वताए । यि दुई नै समृद्धिका आधार रहेकाले यि दुवै एजेण्डा निर्माण नेपाली काँग्रेस चुनावी प्रचारमा जुटेको वताए । नेपाली काँग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले नेपाली काँग्रेस दाङले चुनावी घोषणा पत्र जारी नगरे पनि ‘दाङ प्रादेशिक राजधानी , स्मार्ट सिटी दाङ , स्वास्थ्य विज्ञान प्रतिष्ठान ,पर्यटन प्रर्वद्धन , विमान स्थल पुनः सुचारु र आर्थिक , सामाजिक , साँस्कृतिक एंव राजनितिक समृद्धि ’ पार्टीको मुल मन्त्र रहेको वताए । उनले भने यही मुलमन्त्र वोकी नेता तथा कार्यकर्ताहरु जनताको घरदैलोमा चुनावी अभियान लागिरहेको उनले वताए । उनले भने ‘ अवको ५ वर्ष भित्र नेपाली काँग्रेसले यि योजनाहरु पुरा गरी दाङवासीको मुहारमा नयाँ खुसी ल्याउने संकल्प लिएको छ ।
त्यस्तै नेकपा एमाले दाङले आफ्नो पहिलो एजेण्डा नै दाङ प्रादेशिक राजधानी र प्रदेश स्तरिय स्वास्थ्य विज्ञान प्रतिष्ठान र युवा स्वरोजगार र औद्योगिक क्षेत्रको विकास लाई प्राथामिक्ता राखेर चुनावी मैदानमा उत्रिएको छ । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले अवको ५ वर्ष भित्रमा यि योजनाहरु पुरा गर्ने १८ वुँदे कार्यनिति सहित २५ कार्यक्रम योजना अघि सारेको जानकारी दिए । खड्काले भने ‘राजधानी संगै स्मार्ट सिटिको अवधारणा नेकपा एमालेको पहिलो प्राथामिक्ताको आधार हो । उनले थप्दै भने ‘दाङमा अन्र्तराष्ट्रि विमान स्थलको संम्भावनाको अध्ययन गरी दाङ अन्र्तराष्ट्रिय विमान स्थलका रुपमा समेत अघि सार्ने छौ । यि ३ ठुला दलहरु मात्रै होईन अन्य साना दलहरुले दाङ राजधानी र स्मार्ट सिटी औद्योगिक क्षेत्रको विकास र आर्थिक समृद्धिको आधामर सहित युवा स्वरोजगारको व्यावस्था अवको ५ वर्षमा नेकपा एमालेले सफल गर्ने वाचा गरेको जनता लाई विश्वास दिलाएकाले अवको ५ वर्षमा दाङको मुहार फेर्ने उनले वताए ।

संकल्प पत्र घोषणा

नेकपा एमाले दाङले वुधवार घोराहीमा चुनावी घोषणा पत्र ‘संकल्प ’ सार्वजानिक गरेको छ । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षता एंव नेकपा एमाले दाङका ईन्चार्ज मेटमणि चौधरीको प्रम्ख आतिथ्यताका घोषणा पत्र सार्वजानिक गरीएको छ । उक्त घोषणा पत्रमा दाङ १८ वुँदे कार्यनिति सहिति २५ कार्यक्रम कार्यन्वयन गरी दाङ लाई समृद्धि तिर उन्मुख वनाई प्रतिवद्धता नेकपा एमाले दाङले गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्