तुलसीपुरको कपास उद्योगमा आगलागी , १० लाख बराबर क्षति



सैघाली खबर,
तुलसीपुर १६ पुस ।

तुलसीपुर ६ को एक कपास उद्योगमा आगलागी भएको छ । बिहान साढे १० बजे तिर बिद्युत सर्ट भएर राप्ती कपास उद्योगमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबर क्षति भएको पसल सञ्चाल लोकमान मसुरले बताए । मसुरका अनुसार सिरक डसना बनाउने मेसिन, कपास बनाउन प्रयोग हुने कपडालगायत जलेर नष्ट भएको छ । बिहान ११ बजे तिर तुलसीपुर उपमहानगरको दमकललगायत प्रहरी, स्थानीयको सक्रियतामा आगो नियणत्रणमा लिईएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्