जुनकिरी कृषक समुह र राप्ती सामुहिक सिंचाई संघको साधारण सभा सम्पन्न



भालुवाङ २० कार्तिक । जुनकिरी कृषक समुहको सातौ वार्षिक साधारण सभा तथा अधिवेशन र राप्ती सामुहिक सिचाई संघ एल.एम ६ को छैठौ वार्षिक साधारण सभा विहिवार राप्ती गाउँपालिका ४ पिपरखुट्टीमा सम्पन्न भएको छ ।

कृषक समुहका अध्यक्ष हुकुमबहादुर बस्नेत र सिचाई संघका अध्यक्ष तिलकबहादुर केसीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य सुनिता मल्लको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा बोल्ने वक्ताहरुले व्यवसाहिक खेती गर्न र कृषकहरुको नेतृत्व गर्ने जिम्मेवारी युवा पिढीलाई दिनुपर्ने सुझाव दिएका थिए ।

सभामा वार्षिक तथा आर्थिक प्रतिवेदन समुहका सचिव बालाराम कुमालले गरेका थिए । सभामा असल कृषक, असल बचत कर्ता, असल ऋणी लगायत दर्जनौ व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सभामा कृषक समुहका संस्थापक अध्यक्ष तथा सल्लाहाकार दधिबहादुर पाण्डे र पत्रकारहरु ओमप्रकाश गुप्ता, जमिर शाहा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समुहका सदस्य सुरेश भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समुहकी व्यवस्थापक सरस्वती जिसीले गरेकी थिइन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्