रोग प्रतिरोधक क्षमता बढाउने यी ९ टिप्सहरु हेर्नुहोस त,शरीरमा समस्या आउँदैन ।



सैघाली खबर,
हामीलाई अनेक किसिमको रोगले आक्रमण गर्न सक्छ । यस्ता आक्रमणबाट बच्नका लागि शरीर रोग प्रतिरोधात्मक हुनुपर्छ । अर्थात शरीरमा रोगसँग लड्ने क्षमता हुनुपर्छ । यस्तो क्षमता भएको अवस्थामा हामीलाई सानोतिनो रोगले गाँज्दैन । वाहिरी चिसो बढ्दैमा वा ह्वात्तै गर्मी चर्कदैमा शरीरमा समस्या आउँदैन ।

त्यसो त दिनहुँ हामी थरीथरीका खानेकुरा खाइरहेका हुन्छौ । धेरै ठाउँमा पुगिरहेका हुन्छौ । कतै वायु प्रदूषण झेलिरहेका हुन्छौ, कतै रोगीको सम्पर्कमा पुगिरहेका हुन्छौ । यस्तो अवस्थामा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने हामीलाई त्यसले तुरुन्तै असर गर्न सक्छ । तर, रोगसँग लड्ने क्षमता भएको अवस्थामा भने यस्ता संक्रमणलाई शरीरले सजिलै पचाइदिन्छ । हामी निरोगी हुन्छौ । स्वस्थ्य हुन्छौ ।

 

तर, रोगसँग लड्ने क्षमता सबैको एकनास हुँदैन । यसका लागि हामीले शरीरलाई त्यही अनुसार तयार पनि राख्नुपर्छ । कसरी त रु

पानी

यो प्राकृतिक औषधि हो । प्रचुर मात्रामा शुद्ध पानीको सेवनले शरीरमा जम्मा भएका कति प्रकारका विषालु तत्वहरुलाई बाहिर निकाल्छ र प्रतिरोधक क्षमता बढ्छ । पानी तातो, मनतातो वा चिसो खान सकिन्छ । तर, फ्रिजको पानीबाट भने जोगिनुपर्छ ।

मौसमी फल

मौसम अनुसार जुन फल उपलब्ध हुन्छ, त्यो सेवन गर्नुपर्छ । साथै रसिलो फलफूले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । सुन्तला, मौसम आदि रसिला फलहरुमा भरपूर मात्रामा खनिज, लवण तथा भिटामिन सी हुन्छन् । यिनीहरुले प्रतिरोधक क्षमता बढाउन महत्वपूर्ण भूमिका निभाउँछन् । चाहे सिंगो फल खानुस वा यसको रस निचोरेर । रसमा चिनी वा नून पनि मिलाउन सकिन्छ ।

ड्राइ फ्रुट्स

चिसो मौसममा ड्राइ फ्रुट्सको सेवन फाइदाजनक हुन्छ । यिनीहरुलाई रातभरी भिजाएर राखेर बिहान चिया वा दूधको साथमा खान सकिन्छ । खाना खानुभन्दा आधा घन्टा अगाडि ड्राइ फ्रुट्स खानु स्वास्थ्यका लागि हितकर हुन्छ ।

अंकुरित अन्न

अंकुरित अन्न ९जस्तै मुङ, चना, केराउ आदि० तथा भिजाइएको दाल भरपूर मात्रामा सेवन गरौं । अन्नलाई अंकुरित गर्दा त्यसमा रहेका पोषक तत्वहरुको क्षमता बढ्छ । यो पचाउन सजिलो हुनुका साथै पौष्टिक र स्वादिष्ट पनि हुन्छ ।

सलाद

भोजनसँग सलादको उपभोग बढिभन्दा बढि गर्नुस । भोजनलाई पूर्णरुपमा पचाउनका लागि सलादको सेवन जरुरी हुन्छ । टमाटर, मुला, गाजर, प्याज, चुकन्दर आदिलाई सलादमा समावेश गर्नुस । यिनीहरुमा प्राकृतिक रुपमा रहेको नून हाम्रो लागि पर्याप्त हुन्छ । माथिबाट नून हाल्नु आवश्यक छैन ।

चोकरसहित अन्न

गहुँ, कोदो, मकै जस्ता अन्नहरुको सेवन चोकरसहित गर्नु राम्रो हुन्छ । यसबाट कब्जियत हुँदैन र प्रतिरोधि क्षमता चुस्त दुरुस्त रहन्छ ।

तुलसी

तुलसीको धार्मिक महत्व आफ्नो ठाउँमा छ तर यसका साथै यो एउटा एन्टिबायोटिक, दुखाई कम गर्न तथा रोग प्रतिरोधक क्षमता बढाउन पनि फाइदाजनक छ । दैनिक विहान तुलसीको ४(५ वटा पत्ता सेवन गर्ने गरौं ।

योग

योग वा प्राणायामले शरीरलाई स्वस्थ तथा रोगमुक्त राख्नमा महत्वपूर्ण भूमिका निभाउँछ । कुनै गुरुबाट योग सिकेर हरेक दिन घरमा अभ्यास गरौं ।

हाँसो

हाँस्नाले रक्तसञ्चार सुचारु हुन्छ र हाम्रो शरीरले अधिक मात्रामा अक्सिजन ग्रहण गर्छ । तनावमुक्त भएर हाँस्दा शरीरको रोग प्रतिरोधक क्षमता बढाउन पनि मद्दत मिल्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्