‘शत्रु गते’ को गीत ‘रुपै मोहनी’



सैघाली खबर,
काठमाडौं, । – चलचित्र ‘शत्रु गते’ को गीत ‘रुपै मोहनी’ सार्वजनिक भएको छ । मह सञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’ को गीत रुपै मोहनी शुक्रबार बेलुका युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतलाई धेरैले रुचाएका छन् ।अहिले ट्रेनडिङको तेस्रो नम्बरमा रहेको गीत सात लाख भन्दा धेरैपटक हेरिएको छ ।

ठमेल बजार, काले दाइसहितका गीतबाट चर्चामा आएकी गायिका मीना निरौला पोख्रेल र टंक बुढाथोकीको स्वरमा रहेको गीतमा चर्चित कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, दीपक राज गिरी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, शिवहरि पौड्याल सहितका कलाकारले अभिनय गरेका छन् ।

गीतमा लोकराज अधिकारीको शब्द र टंक बुढाथोकीको संगीते छ । यसपटक दीपाश्री निरौलासँग नाचेका हरिवंशले वासुदेव चलचित्रको अब तिमिले मलाई पाउने आशै नगर बोलको गीतमा सर्मिला मल्लसँग नाचेका थिए । शत्रु गतेको रुपै मोहनी गीतमा कविराज गहतराजले कोरियोग्राफी रहेको छ

 

किरण केसीले १६ वर्षपछि निर्माण गरेको ‘शत्रु गते’ को वीरगंजमा १७ दिन र बाँकी काठमाडौंमा गरी ४० दिन लगाएर चलचित्र छायाँकन गरिएको छ ।शत्रु गते’ मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुषाल, शिवहरि पौड्याल लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र आउँदो चैत ९ गतेदेखि प्रदर्शनमा आउनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्