विश्वमै महंगो तरकारी, मूल्य १ हजार युरो



काठमाडौं। विश्वभर तरकारीको मूल्य सस्तो हुने गर्छत। तर ‘हप सुट्स’ नामक तरकारी विश्वमै महंगो मानिन्छ । यसको मूल्य १ हजार युरो रहेको छ, अर्थात् नेपाली रुपैयाँ एक लाख चालीस हजार पर्न आउँछ।

हप कोन्स्को नामले चिनिने यसको फूल वियर बनाउनका लागि प्रयोग गरिन्छ र बाँकी भाग तरकारी खान प्रयोग गरिन्छ। ‘हप सुट्स’ औषधीय गुणले भरपुर छ। दाँतको दुखाईदेखि लिएर क्षयरोग तथा अन्य कयौं गम्भीर रोगहरूको उपचारको लागि यसको प्रयोग गर्न सकिन्छ।

यसमा एन्टीबायोटिकको गुण हुने गर्दछ। यसलाई काँचै पनि खाने गरिन्छ, सलादको रुपमा प्रयोग गर्न पनि सकिन्छ र अचार पनि खान सकिन्छ। सबैभन्दा पहिले यसको खेती उत्तरी जर्मनीमा भएको र पछि विस्तारै विस्तारै विश्वभर फैलिएको मानिन्छ।

साँघु अनलाइनले अनुवाद गरेको समाचार अनुसार १८ औैं दशकमा इंग्ल्याण्डले यसमा कर पनि लगाएको थियो। मार्चको समयलाई यसको खेतीको लागि उपयुक्त मानिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्